काठमाडौं– दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमासमेत सहकार्य गर्न थालेको छ।
पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवर्द्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामासमेत सहकार्य गरेको थियो। गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिए।
खुकुरी रमले खेलहरुको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरुमा सहकार्य गरेको यो पहिलो पटक भने होइन। यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमासमेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताए।
आफूहरुले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरुको मनोबलसमेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।