काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा सवारी साधन खरिदमा रोक लगाउने भएको छ। खर्च कटौती गर्ने योजना अनुरुप नयाँ सवारी साधन खरिद रोक्नुका साथै कार्यालय सञ्चालन खर्चमा समेत न्यूनिकरण गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ।
दिगो अर्थतन्त्रको विकासमा जोड दिने बताउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नीतिगत र प्रक्रियागत सुधार गर्ने बताए।
‘करदातामैत्री बनाउने, हुण्डी कारोबारको अन्त्य गर्ने, आर्थिक स्थायित्व गर्ने, सवारी साधन खर्च कटौती गर्ने, दोहोरो भूमिका भएका अनावश्यक कार्यालयहरु खारेज गर्ने हाम्रो कार्यक्रम रहेको छ,’ उनले भने।
यस वर्ष नयाँ सार्वजनिक निकाय अर्थात् सरकारी कार्यालय नखोल्ने समेत सत्ता साझेदार दलहरुको प्रतिबद्धता रहेको छ।
बाह्य लगानी बढाउने, बाणिज्य नीति सुधार गर्ने, दैनिक उपभोग्य बस्तुको सहज उपलब्ध गराउने, बजार अनुगमनलाई प्रभावकारी बनाउने समेत न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।