काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ६०० रुपैयाँ बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।