वीरेन्द्रनगर– सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। आइतबार बेलुका साढे पाँच बजे सिम्ता गाउँपालिका-९ मा जीप दुर्घटना भएको हो।
जिल्लाको गुर्भाकोट नगरपालिकाको गुमीदेखि सिम्ता गाउँपालिकाको चोल्पाको लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०६०६ नम्बरको डबल क्याब मुङ्रेको मिलन चोकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो।
मृत्यु हुनेमा सिम्ता-९ चोल्पाकी ३७ वर्षीया रमाकुमारी चन्द रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको छ।
मृतकको शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल पठाइएको छ भने घाइतेहरूलाई प्रदेश अस्पताल, कालागाउ सुर्खेत पठाइएको छ। रोकिएर राखेको गाडी एक्कासी गुडेर सो दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शी गणेश वलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।