काठमाडौं- ‘केटी मिलाइदिने’ भन्दै ठमेल क्षेत्रमा सर्वसाधारणलाई हैरानी गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। डान्सबारमा छिराइदिने र ‘केटी मिलाइदिने’ भन्दै हैरानी गराउने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ का २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ का २२ वर्षीय विशेष थापा, नुवाकोटकै पन्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ, सिन्धुलीको दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी छन्।
उनीहरुले रातिको समयमा ठमेल क्षेत्रका डान्सबार तथा क्लबहरुमा छिराईदिने र यौनजन्य कार्यकालागि ‘केटीहरु मिलाईदिने’ भन्दै सर्वसाधरणलाई हैरानी दिने गरेको पाइएको काठमाडौं उप्त्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ परकोहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।