फाइल तस्बिर।
काठमाडौं– सातै प्रदेशमा सरकार गठनको विवाद टुङ्गाउन सत्ता गठबन्धनको बैठक आइतबार साँझ ५ बजेका लागि सरेको छ। बिहान ११ बजे सिंहदबारमा बस्ने भनिएको बैठक सरेको हो। अबको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
बिहान ११ बजे भने सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच संसद्मा विश्वासको मत लिने विषयमा छलपल भएको बालुवाटारनिकट स्रोतले जनाएको छ।
आइतबार प्रदेश १ मा सरकार गठनको अन्तिम दिन हो। त्यस्तै, बागमती, मधेशलगायत अन्य प्रदेशमा पनि सरकार गठनको आव्हान भएकाले सत्ता गठबन्धनभित्र भागबन्डा मिलाउन वैठक बस्न लागेको हो। सत्ता गठबन्धनभित्र एमाले र माओवादी केन्द्रले ३–३ राप्रपा, जसपा र जनमत पार्टीले १–१ वटा प्रदेशमा सरकारको नेतृत्व दाबी गर्दै आएका छन्।
सातै प्रदेशमा कसैको पनि एकल बहुमत नभएका कारण मिलेर सरकार बनाउनुपर्ने भएकाले दलहरु छलफलमा छन्। त्यस्तै सत्ता साझेदारको बैठकमा विश्वासको मत लिने र न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।