काठमाडौं– प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम दिन आइतबार सकिँदैछ। प्रदेश १ मा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने साझेदार दलहरुबीच सहमति रहे पनि समग्रमै सहमति जुटाउन आइतबार ११ बजे सिंहदरबारमा बैठक बस्दैछ।
प्रदेश १ मा एमालेले पाउँदा संसदीय दलका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्री बन्ने भएका छन्। झापा ५ (१) बाट प्रदेश सभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्।
यसैगरी, गण्डकी प्रदेश पनि एमालेले नै पाउनेछ। गण्डकीमा सोमबारसम्म दाबी पेश गर्नुपर्नेछ। एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्रीका दाबेदार छन्। माओवादी केन्द्रले सुदूरपश्चिम पाउने तय छ। खगराज भट्टले माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री पाउनेछन्। तर, नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरिरहेको छ।
बागमती र कर्णालीमा एमाले र माओवादी केन्द्रकै दाबी रहेको छ। बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत दाबी गरिरहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र दाबी गर्नुपर्नेछ भने मधेसमा २८ गतेसम्मको म्याद दिइएको छ।
मधेसमा भने जनता समाजवादी पार्टी र जनमत पार्टीले दाबी गरिरहेका छन्। उनीहरुलाई आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउन एमाले र माओवादी केन्द्रले सुझाएका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।