काठमाडौं– आइतबार बिहानीपख तराई–मधेसका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ।
दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ।
बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी सूचनामा भनिएको छ।
यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।