तस्बिरः नवीन पौडेल/रासस
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सार्वजनिक यातायात चढेकी छन्। साझा बसमा चढेर शनिबार बिहान उनी ललितपुरस्थित मदन पुस्तकालयलगायतका स्थान अवलोकनमा निस्किएकी थिइन्।
ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनले साझा यातायातको बिजुली बसमा यात्रा गरेकी हुन्। उक्त बस उनलाई लिन शनिबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेकझ थिइ।
कार्यक्रमतर्फ जानका लागि बसमा यात्रा गरेकी राष्ट्रपति भण्डारी ललितपुरको पाटन ढोका बसपार्कमा उत्रिएकी थिइन्। उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।