काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजको आयोजनामा हेल्थ क्याम्प २०२३ सम्पन्न भएको छ।
विभिन्न स्वास्थ्य संस्थाहरुको सहभागिता भएको उक्त सिविरमा आँखा जाँच, रक्तदान, स्किन केयर, फिजियो थेरापी, डेन्टल र होलबडी चेकअप जस्ता सेवा दिइएको थियो।
उक्त सिविरमा कलेजका बीबीए, बीबीए बीआई एमबिए र एमबिए (फाइनान्स) कार्यक्रममा अध्ययनरत ६३० विद्यार्थीहरु, कलेजका कर्मचारी र स्थानियवासीलगायत करिब ७८० जनाले सेवाको लाभ लिएका थिए।
सिविरमा कलेजका कार्यकारी निर्देशक डा गंगाधर दाहालले अहिलेको समाजमा स्वास्थ्यमा कम चासो राख्ने र नियमित स्वास्थ्य जाँच नगराउने जमात बढदै गएकोले यस्तो हेल्थ क्याम्प आवश्यक रहेको बताए। कलेजले यस्ता कार्यक्रम कलेजको स्थापनाकालदेखि नै हरेक वर्ष आयोजना गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।