काठमाडौं– युनाइटेड रजिष्टर अफ सिस्टमले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी आइएसओ ९००१:२०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरी विभुषित गरेको छ।
उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राही माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो। सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको हो।
यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरूलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए।
साथै सूयज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरूको आवश्यकता र चाहनालाई मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरूलाई अझ परिस्कृत गर्दै लैजाने कुरा पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।