• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग    

कमलकुमार बस्नेत र सिबी अधिकारी/रासस शुक्रबार, पुस २२, २०७९  १६:२१
1140x725
जुत्ता उत्पादक संघ नेपालको १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा चुत्ता किन्नेहरुको घुइँचो। तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं– आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ। 

पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो।     

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली उद्योगबाट वार्षिक पाँच करोड ६५ लाख जोर जुत्ता उत्पादन भइरहेका छन्। एक जना नेपालीले वर्षमा तीन जोर जुत्ता प्रयोग गर्ने औसत तथ्यांक आधारमा संघले आगामी पाँच वर्षमा स्वदेशी उत्पादनको हिस्सा ९० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।    

नेपाली उद्योगबाट २०७४ सालमा वार्षिक तीन करोड ३९ लाख जोर जुत्ता उत्पादन भएकामा त्यसयताको पाँच वर्षमा ६६ दशमलव ६६ प्रतिशतले उत्पादन बढिसकेको छ। संघका अनुसार नेपालमा वार्षिक नौ करोड जोर जुत्ता चप्पलको माग छ। 

‘नेपाली उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादनको क्षमता भए पनि अहिले भइरहेको उत्पादनले ६५ प्रतिशत माग धानिरहेको छ’, उनले भने, ‘अब हामीले स्वदेशी उत्पादनको खपत र निर्यात बढाउँदै जानुपर्छ। संघले आगामी तीन वर्षमा जुत्ता चप्पलमा प्रयोग हुने ८० देखि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने गरी काम गरिरहेको छ। दक्ष जनशक्तिको अभाव र जुत्ताको अनियन्त्रित आयात, न्यून विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ।’    

हाल नेपालमा साना, ठूला र मझौला गरी एक हजार पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा छन्। यसमा ठूला र मझौला गरी दुई सय २९, परम्परागत शिल्पीमा आधारित एक हजार ७२ र हस्तकलामा आधारित दुई सय उद्योग छन्। यस क्षेत्रमा भएको कुल ३० अर्बभन्दा बढीको लगानीमध्ये चार अर्ब बैंक तथा वित्तीय संस्थाको ऋण रहेको छ। संघका अनुसार धेरैजसो ठूला र मझौला उद्योगहरु काठमाडौं, विराटनगर, वीरगञ्ज, बुटवल र भैरहवामा सञ्चालित छन् भने २०७४ सालपछि उद्योग स्थापना हुने क्रम बढेको छ।     

नेपालमा २०२२ जेठ २० मा चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएपछि व्यावसायिकरुपमा छालाजन्य वस्तु र जुत्ता चप्पल उत्पादन सुरु भएको थियो। त्यसअघि परम्परागत रुपमा भइरहेको उत्पादनले उपभोक्ताको आंशिक मागलाई मात्रै धानेको अवस्था थियो। २०४६ पछि सुरु भएको औद्योगीकरणमा निजी क्षेत्रको प्रवेशसँगै यसले व्यावसायिकता हासिल गरेको थियो।     

‘राज्यले सामान्य सहयोग गर्ने हो भने तीन वर्षमा फुटवेयर उद्योगले ८० प्रतिशत ‘भ्यालु एड’ गर्न सक्षम हुनेछ’, अध्यक्ष घिमिरेले भने। उनले जुत्ता चप्पलमा प्रयोग हुने कच्चा पदार्थ आयातमा पूर्ण कच्चा पदार्थको हकमा पाँच प्रतिशत, दोस्रो तहको कच्चा पदार्थमा १५ प्रतिशत र पूर्ण तयारी अपरलाई ३० प्रतिशत कर लगाउनुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

एक दशकअघिसम्म पाँचदेखि १० प्रतिशत मात्रै कच्चा पदार्थ प्रयोग हुने गरेकामा त्यो बढेर अहिले ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेको संघले जनाएको छ। संघका अनुसार जुत्तामा ३६ प्रकारका कच्चा पदार्थ प्रयोग हुने र कुल ६० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको छ।     

संघका प्रवक्ता त्रिलोक श्रेष्ठले पछिल्लो समय विश्व बजारमा अत्याधुनिक मानिएका प्रविधि भित्र्याउन थालिएपछि नेपाल उत्पादनको लागत अन्य मुलुकको भन्दा सस्तो पर्न गएको बताए। जुत्ता चप्पल उद्योगमा हाल संलग्न ५५ हजारमध्ये ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी कामदार कार्यरत रहेको संघको भनाइ छ। कूल कामदारमध्ये एक तिहाइ महिला कामदार रहेको संघले जनाएको छ।

संघका अनुसार हाल नेपालमा उत्पादित जुत्ता १८ वटा मुलुकमा निर्यात भइरहेको छ। मुख्यतया नेपाली उत्पादनको माग भारत, मलेसिया, युरोपेली राष्ट्रमा बढ्दै गएको छ भने अमेरिकामा समेत निर्यात भइरहेको उनको भनाइ छ। ‘सरकारले पछिल्लो समय निर्यातमा अनुदान दिन थालेपछि उद्योगलाई प्रोत्साहन मिल्नुका साथै आर्थिक रुपमा पनि केही राहतको महसुस भएको छ‘, उनले भने, ‘सरकारी नीतिअनुसार कुनै एक उद्योगीले वार्षिक ५० करोडभन्दा बढीको निर्यात गरेमा आठ प्रतिशत अनुदान प्राप्त हुनेछ।’     

संघका निवर्तमान अध्यक्ष कृष्णकुमार फुँयालले नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर हुन समय नलाग्ने भन्दै कच्चा पदार्थ र विदेशबाट आयात हुने जुत्तामा लगाइने भन्सार करमा धेरै भिन्नता नहुँदा विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए। संघले जुत्ता चप्पलमा भइरहेको चोरी पैठारीलाई निरुत्साहित गर्न सके जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुने भन्दै यसका लागि राज्यले सहयोग गर्नुपर्ने माग गरेको छ।     

Xtrem

Xtrem

संघका उपाध्यक्ष सुरज बञ्जाडे हाल भइरहेको जुत्ता चप्पल निर्यातलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको बताउँछन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादन निर्यातमा आठ प्रतिशत नगद अनुदानको दिने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उत्पादनको निर्यात सुधारका लागि सिमेन्ट, क्लिङ्कर, स्टील, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसायलगायतमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरेका थिए।

संघका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता आयात भएको थियो भने सो वर्ष २७ लाख ६४ हजार छ सय ४३ जोर निर्यात भएको थियो। त्यस्तै आव २०७६/७७ मा दुई करोड २० लाख ८८ हजार ७६२ जोर जुत्ता आयात भएको थियो।     

संघका संस्थापक अध्यक्ष सुरेन्द्र दाहालका अनुसार वार्षिक १६ करोड जोर उत्पादन क्षमता भए पनि माग भने वार्षिक नौ करोड जोर जुत्ताको रहेको छ। ‘कूल ३६ प्रकारका कच्चा पदार्थको सम्मिश्रणबाट जुत्ता तयार हुन्छ भने यसले सहायक उद्योगहरु समेत स्थापना गर्न सकिन्छ’, उनले भने। छालाजन्य उद्योगको समग्र विकासका लागि आवश्यक प्रविधि, तालिम निर्यात प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन आवश्यक रहेको उनको भनाइ छ।  

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१४ मिनेटमै फ्रान्सको ४ गोल
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्