काठमाडौं– नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ।
नबिल बैंक लिमिटेडका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोइ प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
वरिष्ठ सीईओ शाक्यले दिगो वित्तपोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहज रुपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए।
दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यावसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।