काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ८०० रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँ कायम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।