• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१ अर्बको रासायनिक मल खरिद भ्रष्टाचार: प्रबन्ध सञ्चालकसहित १९ जनालाई उन्मुक्ति, पाँच जनालाई जरिवाना

64x64
नेपाल लाइभ शुक्रबार, पुस २२, २०७९  १०:२६
1140x725

काठमाडौं- २८ करोड रुपैयाँभन्दा बढीको गुणस्तरहीन मल खरिद गरी आर्थिक हिनामिना गरेको अभियोग लागेका कृषि सामग्री कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध सञ्चालकसहित १९ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

मल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जनाको संलग्नता रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेषले ५ जनालाई जरिवाना गर्ने फैसला सुनाएको छ। बाँकी १९ जनाले भने सफाइ पाएका हुन्।

अख्तियारले २४ जनाको संलग्नता रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेषले पाँच जनालाई जरिवाना गर्ने फैसला गर्दै अन्य सबै आरोपितहरुलाई सफाइ दिने फैसला सुनाएको हो। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित २४ जना विरुद्ध १ अर्ब बिगो दाबी गर्दै २०७८ पुस १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

समयमा मल नल्याएको भन्दै उनीहरूविरुद्ध अख्तियारले १ अर्ब ५२ लाख २२ हजार ४ सय ६ रुपैयाँ बिगो दाबी गरेको थियो। तर विशेषले उनीहरुलाई सफाइ दिँदै केहीलाई मात्र जरिवाना गरेको हो। विशेषले कैद सजाय भने कसैलाई पनि ठहर नहुने फैसला सुनाएको छ। 

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार  अख्तियारले दावी गरेको प्रमाणका आधारमा पाँच जनालाई मात्र जरिवाना हुने र अन्यले सफाइ पाउने गरी आंशिक ठहर हुने फैसला सुनाइएको हो।  

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको दावीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

क-कसले पाए विशेषबाट सफाइ? 
भ्रष्टाचार मुद्दामा कृषि सामग्री कम्पनी लिमिटेडका सबै कर्मचारीले सफाइ पाएका छन्। 

• गुणस्तरहीन मल आपूर्तिकर्तालाई भुक्तानी दिएका  कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्करदीप बुढा। 

• गलत प्रतिबेदन तयार गर्ने/गराउने कार्यमा संलग्न भएको आरोप लागेको नेपाल इन्भाइरोमेन्टल साइन्टिफिक सर्भिस प्रालिका तर्फबाट सम्झौता गर्ने मनोज आचार्य लगायत। 

यी हुन् विशेषले जरिवाना गरेका 
विशेष अदालतले गलत प्रतिवेदन तयार गर्ने/गराउने कार्यमा संलग्न नेपाल इनभाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटासहित, भोलानाथ चौधरी, सुनिलबाबु खत्री र महेन्द्रकुमार डाँगालाई २४ हजार जनही जरिवाना गर्ने फैसला गरेको छ। त्यस्तै  विशेषले अन्य सबैलाई आरोपबाट सफाइ दिएको छ।  

Xtrem

Xtrem

मुख्य आपूर्तिकर्तालाई १ अर्ब माग २८ करोड जरिवानामात्र ठहर 
अख्तियारले मल आपूर्ति गर्ने जोशी बिज हाउस प्रालि विरुद्ध १ अर्ब ३५ करोड बिगो अनि भ्रष्टाचार निवारण ऐन अनुसार सजाय हुनुपर्ने माग गरेको थियो। अख्तियारले उक्त कम्पनीका सञ्चालक विनित जोशीलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ बराबरको बिगो कायम माग दावी गरेको थियो। विशेषले  जोशीलाई २८ करोड १७ लाख ४५ हजार जरिवाना हुने ठहर गरेको छ। 

कृषि सामग्री कम्पनी लिमिटेडलाई हानि-नोक्सानी र आफू समेतलाई गैरकानुनी लाभ लिने मनसायले कम्पनीको स्वीकृत स्पेसिफिकेसनको गुणस्तरभन्दा कम गुणस्तरको डीएपी मल आपूर्ति गर्ने जोशी बिज हाउस प्रालि नेपालका सञ्चालक विनित जोशीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो 

आपूर्तिकर्ता जोशी बिज हाउसले २०७/०७८ लागि २५ हजार टन मल आयातको कोटा पाएको थियो। ग्लोबल टेन्डरमार्फत स्वीकृति पाएको जोशी बिजले भियतनामबाट मल आयात गर्ने सम्झौता कृषि कम्पनीसँग गरेको थियो।

१९ हजार ४ सय ३३ टन डीएपी आयात भएपछि कम गुणस्तर भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अनुसन्धान हुँदा कृषि सामग्री कम्पनीका कर्मचारी र आपूर्तिकर्ताको समेत मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी प्रतिवेदन बनाइएको पाइएपछि अख्तियारले मुद्दा चलाएको थियो। 

आयोगमा परेको उजुरीमा अनुसन्धान हुँदा कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्ता समेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी ल्याएको पाइएको अभियोगपत्रमा उल्लेख थियो।

रासायनिक मल (नियन्त्रण) आदेश २०५५, एवं सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरित कृषि सामग्री कम्पनी लिमिटेडले बिना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिएको अख्तियारको दावी थियो। 

कम्पनी र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको स्पेसिफिकेसनको गुणस्तरभन्दा कम गुणस्तरको आपूर्ति भएको डीएपी मललाई सर्भेयरको सूचीमा अद्यावधिक समेत नभएको स्वतन्त्र सर्भेयरसँग बिना प्रतिस्पर्धा प्रचलित खरिद कानुन एवं रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ का प्रावधान विपरीत गैरकानुनी रुपमा गुणस्तर परीक्षण लगायतका कार्यहरु गर्ने गरी जिम्मा दिइएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। 

भुक्तानी एवं कानुन विपरीत सर्वेयर नियुक्ति प्रक्रियामा संलग्न कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्करदीप बुढासमेतले कृषि सामग्री कम्पनी लिमिटेडलाई हानि-नोक्सानी र आफूसमेतलाई गैरकानिनी लाभ लिएकाले भ्रष्टाचारमा दोषी ठहर हुनुपर्ने आयोगको माग थियो। 

उक्त ठेक्काबाट आपूर्ति गरिएको डीएपी मलको ९० प्रतिशत वापत हुन आउने १ अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँ भुक्तानी दिने निर्णयमा संलग्न भई भुक्तानीमा संलग्न नेत्रबहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्करदीप बुढाले १ अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँ बिगो र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सजाय हुनुपर्ने आरोपपत्रमा जिकिर गरिएको थियो। 

गलत प्रतिवेदन तयार गर्ने/गराउने कार्यमा संलग्न नेपाल इनभाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा उक्त संस्थाको मुख्य व्यक्ति रहेको, सोही संस्थामा ल्याब निर्देशकको जिम्मेवारीमा रही परीक्षण प्रतिवेदनको पूर्ण जवाफदेही बहन गर्नुपर्ने सुनिलबाबु खत्री, तथा आफू प्रयोगशाला परीक्षण कार्यमा संलग्न नरहेको अवस्थामा समेत परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय तथा कम्पनी कार्यालयमा प्रतिवेदन गर्ने सो संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरीलाई पनि बिगो १ अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) को कसुरमा सजाय हुनुपर्ने माग अभियोगपत्रमा गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
सम्बन्धित सामग्री
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। सोमबार, असोज २६, २०८३
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा थप मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
काङ्ग्रेसको मतगणना २३ ठाउँमा जारी सोमबार, असोज २६, २०८३
ओलीको चेतावनी: घेराबन्दी सकिएको छैन, बलजफ्तीको प्रतिवाद गर्छौं सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्