जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क१स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
सार्कीको घटनास्थलमै मृत्यु भएको छ। थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। दुर्घटनामा परेको अटोरिक्सा तिला–३ त्रिवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृतक दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।