सिन्धुपाल्चोक– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सरकारले अब कक्षा १ देखि १२ सम्म निशुल्क पढाउन पर्ने बताएका छन।
सांसदसमेत रहेका बस्नेतले नेपालको संविधानले दिएको अधिकारलाई सरकारले बेवास्ता गरेर निम्न वर्गका नागरिकको शिक्षा पाउने अधिकारलाई बञ्चित गरेको आरोप लगाउँदै सरकारले देशभरका स्थानीय तहले कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउन पर्ने बताएका हुन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ कर्थलीको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गर्न पुगेको उनले बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रीपुरा गाउँपालिकाले जस्तै देशभरका स्थानीय तहले शिक्षा क्षेत्रलाई निःशुल्क पढ्न पाउने गरी काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले शिक्षामा अब्बल हुने ब्यक्ति संसारमा कहीँ–कतै झुकेर हिड्न नपर्ने बताए।
सोवरस एक्सनले सहयोग गरेको उक्त न्यानो कपडा बाह्रबिसे नगरपालिकाका झन्डै एक हजार विद्यार्थीलाई वितरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।