काठमाडौं– सरकारले अर्थ मन्त्रालयका दुई सचिव फेरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई जनै सचिव हेरफेर गरेको हो।
एक मन्त्रीका अनुसार सचिव तोयम रायालाई अर्थसचिव बनाइएको छ भने रामप्रसाद घिमिरेलाई राजस्व सचिव बनाइएको छ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए। नयाँ सरकार आएसँगै अर्थका सचिव हेरफेर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।