Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस २२, २०७९  १८:३१
1140x725

काठमाडौं– नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत ३२ वर्षीय भक्तबहादुर रावलको साउन २६ गते करेन्ट लागेर मृत्यु भयो। बुढीगंगा नगरपालिका–२ मा रहेको विद्युत प्रधिकरणको लाइनमा विद्युतको जम्पर झार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो। 

सोही दिन भक्तबहादुरकी श्रीमती गंगा सिंह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा दिन डडेलधुरा जाँदै थिइन्। गाउँमै आफन्त पर्ने एक बृद्धाको निधन भएकाले भक्त त्यो दिन कार्यालय नजाने, मलामी जाने तयारी थिए। तर, कार्यालयमा फोन आएपछि उनी जानुपर्ने भयो। गंगाले नजाऊ भन्न सकिनन्। 

‘मैले रोकेको भए त्यो दिन त्यस्तो घटना हुने थिएन होला’, गंगा भन्छिन्। रावल दम्पतीको घर बडीमालिका नगरपालिका–८ को रावलबाडामा पर्छ। भक्तले १२ वर्षअघि त्रिवेणी साना जलविद्युतमा आवद्ध भएर काम थालेका थिए। 

गत वैशाख १ गतेदेखि त्रिवेणी साना जलविद्युत राष्ट्रिय प्रसारण लाइनसँग जोडियो। त्यसपछि भने उनी नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा प्राविधिक कर्मचारीका रुपमा खटिए। उनले विद्युत सम्बन्धी कुनै विषय पढेका थिएनन्। काम गर्दैगर्दा ‘सबै’ सिके। पारिवारको आर्थिक स्रोत भनेकै भक्तको कमाई थियो। 

शंकास्पद मृत्यु भएको परिवारको दाबी
गंगाभन्दा एक घण्टा अगाडि भक्त घरबाट निस्केका थिए। विद्युतका केही कर्मचारीहरु पनि सँगै थिए। सेरादेखि मार्तडीसम्मको ११ केभी लाइनको १ नम्बर फेजमा समस्या आएपछि मर्मत गरि सञ्चालनमा उनीहरू सेरामा फ्युज काटेर बुढीगंगा नगरपालिका–२ बल्देमा जम्फर छुटाउने गए। 

भक्त एक्लै बिजुलीको पोलमा गएको स्थानीयले बताएको गंगाले जनाइन्। सँगै गएकाहरु कता गए? एक्लै प्राविधिक पोलमा चढ्दैनन्। कुनै सेफ्टीबिना कसरी पोलमा गए? प्राविधिक काममा गएको बेला विद्युत प्राधिकरणले किन लापरवाही गर्‍यो? किन प्रमुख ठाउँमा मेनलाइन अफ गरेन? यी प्रश्न गंगाका दिमागमा डेरा जमाएर बसेका छन्। यसको उत्तर भने कसैबाट पाएकी छैनन्। 

भक्तसँग गएको समूहले आफूहरु त्यहाँ नभएर अन्य ठाउँमा तार जोड्न गएको जवाफ दिएका छन्। त्यहीँका स्थानीयले भने उनीहरु होटलमा बसेको बताएका छन्। सात दिनपछि प्राधिकरणले भक्तको मोबाइल परिवारलाई दियो? भक्तको मृत्यु दुर्घटना नभएर प्राधिकरणको लापरवाहीका कारण भएको गंगाको दाबी छ।

००० 

Ncell 2
Ncell 2
nimb
nimb

गंगा डडेलधुरा जाँदै गर्दा बल्दे नजिक कोही करेन्ट लागेर ढलेको हल्ला सनसनी फैलियो। त्यसपछि उनले निरन्तर श्रीमान्लाई फोन गरिन्। तर, उठेन। अन्यत्र पनि फोन गरिन् तर, कसलाई करेन्ट लागेको हो भनेर थाहा हुन सकेन।

उनी सवार गाडीमा विद्युतको रावल थरका एक जना कर्मचारीलाई करेन्ट लागेको भन्ने गाइँगुइँ चल्यो। उनी गाडीबाट ओर्लिन्। त्यहाँबाट घटनास्थल पुग्दा गंगा निःशब्द भइन्। हातगोडा लल्याकलुलुक भए।

भक्तको एक हात जलेर भूँइमा खसेको थियो। एकापट्टीको शरीर जलिसकेको थियो। उनी घिटीघिटी स्वास फेरिरहेका थिए। घाइते भक्तलाई उपचारका लागि अछाममा रहेको बयालपाटा अस्पताल लगियो। विद्युत प्राधिकरणले हेलिकोप्टर धनगढीबाट बोलाउने भन्यो। त्यसैले बयालपाटाको अस्पतालमा राखियो। तर, हेलिकोप्टर आएन।

बयालपाटा अस्पतालले नेपालगञ्ज रेफर गर्‍यो। त्यसपछि गाडीमा हालेर नेपालगञ्ज लैजाँदै गर्दा बीचबाटोमै भक्तको निधन भयो। 

Xtrem

Xtrem

परिवारको विचल्ली 
भक्तका दुई श्रीमती छन्। जेठी तुला र कान्छी गंगा। जेठी श्रीमतीबाट दुई छोरा कान्छीबाट दुई छोरा छन्। १० जनाको परिवारक पालिने आधार भनेको भक्तको जागिर थियो। उनको मृत्युपछि परिवारको विचल्ली हुने अवस्था छ। शिक्षक बन्ने तयारीमा रहेकी गंगा अब आफू पढ्ने कि छोराहरु पढाउने भन्नेमा छन्।

‘चारै छोराहरु सदरमुकाम मार्तडीमा रहेको क्रेटर जोन एकेडेमीमा पढ्छन्। वैशाखदेखि फि तिरेको छैन। स्कुलले ६० हजारको बिल पठाएको छ। कहाँबाट कसरी तिर्ने?’, गंगाले भनिन्।

न क्षतिपूर्ति न परिवारका सदस्यलाई जागिर
भक्तको परिवारसँग नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिसहित एक जनालाई करार कर्मचारी राख्ने सहमति गरेको थियो। प्राधिकारणको दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ (संशोधनसहित) विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ (आठौं संशोधन सहित) र प्रचलित कानुन अनुसार अस्थायी वा करार कर्मचारीले पाउनुपर्ने क्षतिपूर्ति दिने, बीमा र राहत रकम उपलब्ध गराउने सहमति गर्‍यो। 

साथै, परिवारले सिफारिस गरेको एक जनालाई प्राधिकरणको मार्तडी शाखामा करार वा अस्थायी नियुक्तिका लागि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सिफारिस समेत गर्ने निणर्य गरियो। तर, भक्तका परिवारले न क्षतिपूर्ति पाए न कुनै सदस्यलाई जागिर। गंगाका अनुसार घटना भएलगत्तै कि क्षतिपूर्तिसहित पाँच लाख कि एक जनालाई जागिर दिने सर्त राखिएको थियो। 

नगदभन्दा जागिरमै परिवारले जोड दिए। गंगाका अनुसार पहिला जेठी श्रीमती तुलालाई कार्यालय सहयोगीका रुपमा काम लगाउने आश्वासन दिइयो। पछि योग्यता अनुसारको जागिर मिलाउने भनियो। गंगाले स्नातकसम्म पढेकी छन्। उनलई खरिदार तहको अस्थायी जागिर दिने वाचा गरियो। सबै कागजात बुझाइन्। तर, प्राधिकरणले कहिले ‘हाकिम छैनन्, कहिले विदा भयो’ भन्दै अहिलेसम्म पन्छिरहेको गंगाको आरोप छ।

श्रृखलाभित्र

विद्युतीय दुर्घटनाका कारण जनधनको क्षति बढ्दो: सुरक्षा र क्षतिपूर्तिमा सुधारको खाँचो

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

विद्युतीय दुर्घटनाको डरलाग्दो अवस्था: खाँचो द्रुत उद्धारको

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १८:३१
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्