• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस २२, २०७९  १८:३१
1140x725

काठमाडौं– नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत ३२ वर्षीय भक्तबहादुर रावलको साउन २६ गते करेन्ट लागेर मृत्यु भयो। बुढीगंगा नगरपालिका–२ मा रहेको विद्युत प्रधिकरणको लाइनमा विद्युतको जम्पर झार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो। 

सोही दिन भक्तबहादुरकी श्रीमती गंगा सिंह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा दिन डडेलधुरा जाँदै थिइन्। गाउँमै आफन्त पर्ने एक बृद्धाको निधन भएकाले भक्त त्यो दिन कार्यालय नजाने, मलामी जाने तयारी थिए। तर, कार्यालयमा फोन आएपछि उनी जानुपर्ने भयो। गंगाले नजाऊ भन्न सकिनन्। 

‘मैले रोकेको भए त्यो दिन त्यस्तो घटना हुने थिएन होला’, गंगा भन्छिन्। रावल दम्पतीको घर बडीमालिका नगरपालिका–८ को रावलबाडामा पर्छ। भक्तले १२ वर्षअघि त्रिवेणी साना जलविद्युतमा आवद्ध भएर काम थालेका थिए। 

गत वैशाख १ गतेदेखि त्रिवेणी साना जलविद्युत राष्ट्रिय प्रसारण लाइनसँग जोडियो। त्यसपछि भने उनी नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा प्राविधिक कर्मचारीका रुपमा खटिए। उनले विद्युत सम्बन्धी कुनै विषय पढेका थिएनन्। काम गर्दैगर्दा ‘सबै’ सिके। पारिवारको आर्थिक स्रोत भनेकै भक्तको कमाई थियो। 

शंकास्पद मृत्यु भएको परिवारको दाबी
गंगाभन्दा एक घण्टा अगाडि भक्त घरबाट निस्केका थिए। विद्युतका केही कर्मचारीहरु पनि सँगै थिए। सेरादेखि मार्तडीसम्मको ११ केभी लाइनको १ नम्बर फेजमा समस्या आएपछि मर्मत गरि सञ्चालनमा उनीहरू सेरामा फ्युज काटेर बुढीगंगा नगरपालिका–२ बल्देमा जम्फर छुटाउने गए। 

भक्त एक्लै बिजुलीको पोलमा गएको स्थानीयले बताएको गंगाले जनाइन्। सँगै गएकाहरु कता गए? एक्लै प्राविधिक पोलमा चढ्दैनन्। कुनै सेफ्टीबिना कसरी पोलमा गए? प्राविधिक काममा गएको बेला विद्युत प्राधिकरणले किन लापरवाही गर्‍यो? किन प्रमुख ठाउँमा मेनलाइन अफ गरेन? यी प्रश्न गंगाका दिमागमा डेरा जमाएर बसेका छन्। यसको उत्तर भने कसैबाट पाएकी छैनन्। 

भक्तसँग गएको समूहले आफूहरु त्यहाँ नभएर अन्य ठाउँमा तार जोड्न गएको जवाफ दिएका छन्। त्यहीँका स्थानीयले भने उनीहरु होटलमा बसेको बताएका छन्। सात दिनपछि प्राधिकरणले भक्तको मोबाइल परिवारलाई दियो? भक्तको मृत्यु दुर्घटना नभएर प्राधिकरणको लापरवाहीका कारण भएको गंगाको दाबी छ।

००० 

Ncell 2
Ncell 2

गंगा डडेलधुरा जाँदै गर्दा बल्दे नजिक कोही करेन्ट लागेर ढलेको हल्ला सनसनी फैलियो। त्यसपछि उनले निरन्तर श्रीमान्लाई फोन गरिन्। तर, उठेन। अन्यत्र पनि फोन गरिन् तर, कसलाई करेन्ट लागेको हो भनेर थाहा हुन सकेन।

उनी सवार गाडीमा विद्युतको रावल थरका एक जना कर्मचारीलाई करेन्ट लागेको भन्ने गाइँगुइँ चल्यो। उनी गाडीबाट ओर्लिन्। त्यहाँबाट घटनास्थल पुग्दा गंगा निःशब्द भइन्। हातगोडा लल्याकलुलुक भए।

भक्तको एक हात जलेर भूँइमा खसेको थियो। एकापट्टीको शरीर जलिसकेको थियो। उनी घिटीघिटी स्वास फेरिरहेका थिए। घाइते भक्तलाई उपचारका लागि अछाममा रहेको बयालपाटा अस्पताल लगियो। विद्युत प्राधिकरणले हेलिकोप्टर धनगढीबाट बोलाउने भन्यो। त्यसैले बयालपाटाको अस्पतालमा राखियो। तर, हेलिकोप्टर आएन।

बयालपाटा अस्पतालले नेपालगञ्ज रेफर गर्‍यो। त्यसपछि गाडीमा हालेर नेपालगञ्ज लैजाँदै गर्दा बीचबाटोमै भक्तको निधन भयो। 

परिवारको विचल्ली 
भक्तका दुई श्रीमती छन्। जेठी तुला र कान्छी गंगा। जेठी श्रीमतीबाट दुई छोरा कान्छीबाट दुई छोरा छन्। १० जनाको परिवारक पालिने आधार भनेको भक्तको जागिर थियो। उनको मृत्युपछि परिवारको विचल्ली हुने अवस्था छ। शिक्षक बन्ने तयारीमा रहेकी गंगा अब आफू पढ्ने कि छोराहरु पढाउने भन्नेमा छन्।

‘चारै छोराहरु सदरमुकाम मार्तडीमा रहेको क्रेटर जोन एकेडेमीमा पढ्छन्। वैशाखदेखि फि तिरेको छैन। स्कुलले ६० हजारको बिल पठाएको छ। कहाँबाट कसरी तिर्ने?’, गंगाले भनिन्।

न क्षतिपूर्ति न परिवारका सदस्यलाई जागिर
भक्तको परिवारसँग नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिसहित एक जनालाई करार कर्मचारी राख्ने सहमति गरेको थियो। प्राधिकारणको दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ (संशोधनसहित) विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ (आठौं संशोधन सहित) र प्रचलित कानुन अनुसार अस्थायी वा करार कर्मचारीले पाउनुपर्ने क्षतिपूर्ति दिने, बीमा र राहत रकम उपलब्ध गराउने सहमति गर्‍यो। 

साथै, परिवारले सिफारिस गरेको एक जनालाई प्राधिकरणको मार्तडी शाखामा करार वा अस्थायी नियुक्तिका लागि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सिफारिस समेत गर्ने निणर्य गरियो। तर, भक्तका परिवारले न क्षतिपूर्ति पाए न कुनै सदस्यलाई जागिर। गंगाका अनुसार घटना भएलगत्तै कि क्षतिपूर्तिसहित पाँच लाख कि एक जनालाई जागिर दिने सर्त राखिएको थियो। 

नगदभन्दा जागिरमै परिवारले जोड दिए। गंगाका अनुसार पहिला जेठी श्रीमती तुलालाई कार्यालय सहयोगीका रुपमा काम लगाउने आश्वासन दिइयो। पछि योग्यता अनुसारको जागिर मिलाउने भनियो। गंगाले स्नातकसम्म पढेकी छन्। उनलई खरिदार तहको अस्थायी जागिर दिने वाचा गरियो। सबै कागजात बुझाइन्। तर, प्राधिकरणले कहिले ‘हाकिम छैनन्, कहिले विदा भयो’ भन्दै अहिलेसम्म पन्छिरहेको गंगाको आरोप छ।

श्रृखलाभित्र

विद्युतीय दुर्घटनाका कारण जनधनको क्षति बढ्दो: सुरक्षा र क्षतिपूर्तिमा सुधारको खाँचो

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

विद्युतीय दुर्घटनाको डरलाग्दो अवस्था: खाँचो द्रुत उद्धारको

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १८:३१
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ आइतबार, मंसिर २८, २०८२
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस आइतबार, मंसिर २८, २०८२
सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला आइतबार, मंसिर २८, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे छुट्टै अवधारणा पत्र आइतबार, मंसिर २८, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्