• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस २२, २०७९  १५:१३
1140x725

काठमाडौं– २०६५ असार १९ गतेका दिन बाजुरा त्रिवेणी साना जलविद्युत्‌का कर्मचारी रामबहादुर रावलको करेन्ट लागेर मृत्यु भयो। रावल परिवारको जेठो छोरा हुन्। संयुक्त परिवार थियो। 

‘तीन दाजु–भाइ सँगै बस्थ्यौं। दाइको मृत्यु हुँदा सानै थिएँ। परिवारमा आशाको दियो निभ्यो। घरको आर्थिकभार दाइको जागिरले चलेको थियो। उहाँको मृत्युले परिवारमा सन्नाटा छायो,’ भाइ चन्द्रबहादुर रावलले निरास हुँदै भने।  

रामबहादुर लामो समयदेखि विद्युत्‌मा जुनियर हेल्परको रुपमा काम गर्थे। उनी विद्युत्‌का प्राविधिक कर्मचारीलाई सहयोग गर्थे। साविकको मार्तडी गाविस–५ (हालको बडिमालिका नगरपालिका–८) रावलवाडा बडिमालिका मन्दिरको नजिकैको कुरा हो। मन्दिरनजिकै ट्रान्सफर्मर बिग्रेको थियो। ट्रान्सफर्मर बनाउन रामबहादुरसहित तीनजना कर्मचारीहरुसँगै थिए। 

पहिला बिजुलीको पोलमा तीनजना उक्लेका थिए। प्राविधिको टोलीले ट्रान्सफर्मर बिग्रेर मर्मत गर्यो। उनले हेल्परका रुपमा आवश्यक सामान लिनेदिने गरिराखेका थिए। प्राविधिको टोली काम सकाएर भुइँमा ओर्लिए। तर, रामबहादुर भने बिजुलीको पोलमा नै थिए। 

विद्युत्‌को प्रमुख कार्यालमा ट्रान्सफर्मर जोड्न गएको खबर भइसकेको थियो। तार जोडेर अन्य तीनजना साथी पोलबाट ओर्लिए। रामबहादुर भने पोलमा नै थिए। यसबारे विद्युत्‌ कार्यालय बेखर थियो। रामबहादुर भुइँमा नओर्लिकन विद्युत्‌ अन गरिदियो। पोलमा रहेका रामबहादुरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो। ‘विद्युत्‌ कार्यालयको लापरबाहीका कारण दाइको ज्यान गयो,’ चन्द्र बताउँछन्।  

लामो समयसम्म अस्थायी सेवा गरे। स्थायी नियुक्ति भएको केही समयमै रामबहादुरको विद्युतीय दुर्घटनामा परी निधन भएको थियो। ‘दाइले अस्थायी रुपमा लामो समय काम गरेका थिए। मुत्यु हुनुभन्दा तीन महिनाअघि मात्र स्थायी कर्मचारीका रुपमा नियुक्ति पाएका थिए,’ भाइ चन्द्र बहादुरले भने।  

सामान्य परिवार भएकाले रामबहादुरको जागिरले परिवारको गर्जो टारिन्थ्यो। तर, लाउँ–खाउँ भन्ने उमेरमा दाइको मृत्यु भयो चन्द्रबहादुरले निरासा पोखे। त्यसपछि भने विद्युत्‌ले साढे चार लाख जति राहत दिइयो। विद्युत्‌मा करेन्ट लागेमा कहाँ न्याय माग्ने कहाँ क्षतिपूर्ति माग्ने थाहा थिएन। परिवारको एक सदस्य गुमाउनुपर्दा उनीहरुले निकै दुःख भोगेको बताए। 

दाइको मृत्यु भयो। दुई छोराछोरी छन्। कसरी हुर्काउने, पढाउने, बढाउने भन्ने चिन्ता सुरु भयो। रामबहादुर विद्युत्‌को कर्मचारी भएको हुनाले श्रीमती अम्बा रावललाई जागिर लगाइदिने स्थानीय नेताले आश्वासन दिए। विद्युत्‌ कार्यालयमा परिवारले कुरा राख्यो। न कर्मचारीको बीमा छ न त राहतको कुनै प्याकेज छ। जहाँ काम गर्ने कर्मचारी नै मृत्युको मुखमा पुग्छन्। त्यस्तो संस्थामा झनै कुनै सेवा सुविधा र राहत नभएको आक्रोश चन्द्रबहादुरले पोखे। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

परिवार र विद्युत्‌ कार्यालयको सम्झौतामा जागिर दिने निर्णय गरियो। तीन महिनापछि भने रामबहादुरकी श्रीमती अम्बालाई ज्यालादारीमा कार्यालय सहयोगीका रुपमा काम दिइयो। उनीहरूका एक छोरा र एक छोरी छन्। अम्बाले ज्यालामा काम गरेको १४ वर्ष भइसकेको छ। त्यही सानो जागिरका आधारमा दुई छोरा–छोरीलाई पढाइराखेकी छन्। ‘जागिर त लगाइदिए तर अस्थायी, आज हो कि भोलि,’ उनले गुनासो गरिन्, ‘यहाँ राजनीतिक दाउपेच चल्छ कुन दिन के हुने हो थाहा छैन। त्यो बेलाको व्यवस्थापन समितिले राखेको हो। व्यवस्थापन समिति फेरिन्छ जागिर रहन्छ कि रहन्न थाहा हुँदैन?,’ अम्बाले भनिन्। 
०००
श्रीमान् भारतमा काम गर्न गएको भए अहिले यो दुःख भोग्नुपर्दैनथ्यो भन्ने सुकी विकलाई मनमा लागिरहन्छ। भारतमै काम गरेर लामो समय जीविकोपार्जन भएकै थियो। ‘फेरि गएको भए आज यो दुख कहाँ हुन्थ्यो र? तर, अब सोचेर पुग्नेवाला छैन। जे हुनु त भैसक्यो मनमा यही प्रश्नले घोचिरहन्छ,’ उनले भावुक हुँदै भनिन्। बाजुरा बडिमालिका नगरपालिका ७ को जिल्ली भन्ने गाउँमा घर भएकी सुकीका श्रीमान चन्द्रबहादुर विकको २०७३ पुस १८ गतेका दिन करेन्ट लागेर मृत्यु भयो। श्रीमानकाे मृत्यु भएको ६ वर्ष भइसकेको छ। दिन बिते, दुःख थपिए। समस्याका सीमा झन्झन् फराकिला हुँदै गए। गाउँमा सामान्य खेतीपाती थियो। जुन अहिले पनि छ। 

पहिला चन्द्रबहादुर भारतमा गएर काम गर्थे। नेपाल–भारत आउजाउ गरिराख्थे। २०७३ पुस १७ गतेका दिन रोजगारीका लागि भारत जाने परिवारमा सल्लाह भयो। सुकीले भारत जान जोड दिइन्। कति भारतमात्रै जानु अब घरमा केही काम गरेर खाने अडान चन्द्रबहादुरले राखे। 

त्यही बेला घर बनाउने काम पनि जिम्मा लिएका थिए उनले। गाउँकै अन्य साथीहरु भारत गए। सुकीले राम्रो कमाइ हुने भएकाले भारत जान आग्रह गरिन्। तर, चन्द्रबहादुरले भने जिम्मा लिएको घरको काम सकाएर जान्छु भने। ‘मैले भनेको मानेको भए यो अवस्था हुने थिएन होला’, सुकी सम्झिन्छन्। 

Xtrem

Xtrem

चन्द्रबहादुरलाई घर बनाउने काम आउँथ्यो। यसै क्रममा गाउँकै उमाकान्त जैशीको घर वडा नम्वर ७ को चुथी वडा कार्यालय नजिकै हो। काम गरेको १० दिन जति भएको थियो। गाउँकै बुदे विक र गोरे विकसँगै मिलेर काम गर्थे। गोरेले ठेक्का लिएका थिए। त्यहाँ गारो लगाउने काम गर्थे। 

घरमा खाना खाएर चन्द्रबहादुर काममा गए। साना छोराछोरी स्कुल गएका थिए। श्रीमती सुकी घरकाे काममा व्यस्त थिइन्। दिउँसोको करिब १२ बजेको थियो होला। 

नयाँ बनाइराखेको घरको पिलरमाथि तारसँग ठोकियो। पिलरको फलामे डन्डी माथिका बिजुलीका प्रमुख दुई लाइनमा ठोक्कियो। करेन्ट तलसम्म पुग्यो। बुदे र चन्द्रबहादुर भने बाहिरपट्टी काम गरिराखेका थिए। चन्द्रबहादुर पिलरका डन्डी नजिक थिए। यसैबीच, चन्द्रबहादुरलाई करेन्ट लाग्यो। उनको घटनास्थलमै मृत्यु भयो। 

नजिकै रहेका साथीहरु सबैजना बेहोस भए। उनले पानी पनि भन्न पाएनन्। सधैँका लागि अस्ताए। पाँच छोराछोरी टुहुरा भए। घरको माइलो छोरा थिए  उनी। बुवाआमाको आशाको बैशाखी ढल्यो। सुकीका सारथि बिते। 

त्योबेला सुकी घरमै थिइन्। श्रीमानकाे मृत्युको खबरले उनी बेहोस भइन्। गाउँकै दिदीबहिनीले श्रीमानकाे मृत्यु भएको ठाउँसम्म पुर्याइदिए। केही बोल्न सकिनन्। दिमाग शून्य भयो। पाँच छोराछोरी कसरी हुर्काउने भन्ने मनमा विरह सुरु भयो। उनी भन्छिन्, ‘मर्ने मरेर जाँदा रैछन्, गाह्रो  बाँच्नेलाई पो रहेछ।’

करेन्ट लागेर मृत्यु भइसकेपछि घरवालाले क्षतिपूर्ति भन्दै एक लाख रुपैयाँ दियो। आधा पैसा काजक्रियामा सकियो। आधामात्र हातमा लिइन्। अन्य कतै ठाउँबाट उनले राहत पाइनन्। कुनै खालको सहयोग कतैबाट मिलेन। घरवालाको लापरवाहीका कारण श्रीमानकाे मृत्यु भएको हो भन्ने सुकीलाई लागेको छ। ‘विद्युत्‌को लाइन जोडेको ठाउँमा घर बनाउँदै ख्याल गरिनुपर्ने थियो,’ उनले भनिन्।

गाउँमा सुकीको खासै जग्गा–जमिन छैन। भएकोमा पनि राम्रो उब्जनी छैन। यसले गर्दा हातमुख जाेर्न गाह्रो भइरहेको उनी बताउँछिन्। ‘श्रीमानले जसोतसो मुखमा माड लगाएकै थिए। एक्कासी उनको मृत्युले पाँच छोराछोरी कसरी बचाउने भन्ने पीर सुरु भयो। आर्थिक उपार्जनको काम गाउँमा हुँदैन। गरिबलाई कहाँ पो सुख छ र!,’ उनी निरासा पोख्छिन्।

याे पनि 

करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

खान–लाउन समस्या भएकाले सुकीले जागिर लगाइदिन गाउँसमाजका सबैले मिलेर विद्युत्‌ कार्यालयमा अपिल गरे। त्रिवेणी साना जलविद्युत्‌सँग कुरा राखेर सुकीलाई जागिर लगाइयो। तीन महिनापछि कार्यालय सहयोगीका रुपमा जागिर दिइयो। पहिला महिनावारी तलब आउँथ्यो। अहिले भने ज्यालादारीमा भएको छ। अहिले सुकीले पाँच छोराछोरी र आफ्नो खर्च यही जागिरबाट धान्दै आएकी छिन्।

देशमा हरेक कुरामा राजनीति घुसाइन्छ। यसर्थ, राजनीतिकै कारण कुनदिन जागिर जाने हो भन्ने सुकीको मनमा डर छ। ‘आजकाल एमालेको मान्छेलाई हामीले जागिर दियौँ, कांग्रेसको मान्छे हामीले दिलायौँ भन्दै जवाफ लगाउँछन्,’ उनी गुनासो गर्दै प्रश्न गर्छिन्, ‘क्षतिपूर्तिस्वरुप जागिर लगाइदियो त्यो बेला। अहिले भने आज हो कि भोलि भनेर त्रास पैदा भएको छ। भएको सानो यही जागिर गए के गरी बाँच्ने होला?’ 

विद्युतीय दुर्घटनाको डरलाग्दो अवस्था: खाँचो द्रुत उद्धारको

सुकीका छोराछोरी अब त ठूला भइसके। अब उनलाई छोराछोरी कसरी पढाउने होला भन्ने चिन्ता छ। ‘यही कुराले निन्द्रा लाग्दैन,’ उनले भनिन्। उनले सानी एक छोरी र एक छोरा काठमाडौंमा अनाथालयमा पढाइराखेकी छिन्। तीन छोरा आफैँसँग बाजुराको सदरमुकाम मार्तडीमा छन्। उनले दुःखसुख गरेर परिवार पालिराखेकी छिन्। ‘अब छोराछोरीकै आस छ,’ जति दुःख पाए पनि जीवनप्रति आशावादी रहेको उनी संकेत गर्छिन्।  

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १५:१३
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्