• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस २२, २०७९  १५:१३
1140x725

काठमाडौं– २०६५ असार १९ गतेका दिन बाजुरा त्रिवेणी साना जलविद्युत्‌का कर्मचारी रामबहादुर रावलको करेन्ट लागेर मृत्यु भयो। रावल परिवारको जेठो छोरा हुन्। संयुक्त परिवार थियो। 

‘तीन दाजु–भाइ सँगै बस्थ्यौं। दाइको मृत्यु हुँदा सानै थिएँ। परिवारमा आशाको दियो निभ्यो। घरको आर्थिकभार दाइको जागिरले चलेको थियो। उहाँको मृत्युले परिवारमा सन्नाटा छायो,’ भाइ चन्द्रबहादुर रावलले निरास हुँदै भने।  

रामबहादुर लामो समयदेखि विद्युत्‌मा जुनियर हेल्परको रुपमा काम गर्थे। उनी विद्युत्‌का प्राविधिक कर्मचारीलाई सहयोग गर्थे। साविकको मार्तडी गाविस–५ (हालको बडिमालिका नगरपालिका–८) रावलवाडा बडिमालिका मन्दिरको नजिकैको कुरा हो। मन्दिरनजिकै ट्रान्सफर्मर बिग्रेको थियो। ट्रान्सफर्मर बनाउन रामबहादुरसहित तीनजना कर्मचारीहरुसँगै थिए। 

पहिला बिजुलीको पोलमा तीनजना उक्लेका थिए। प्राविधिको टोलीले ट्रान्सफर्मर बिग्रेर मर्मत गर्यो। उनले हेल्परका रुपमा आवश्यक सामान लिनेदिने गरिराखेका थिए। प्राविधिको टोली काम सकाएर भुइँमा ओर्लिए। तर, रामबहादुर भने बिजुलीको पोलमा नै थिए। 

विद्युत्‌को प्रमुख कार्यालमा ट्रान्सफर्मर जोड्न गएको खबर भइसकेको थियो। तार जोडेर अन्य तीनजना साथी पोलबाट ओर्लिए। रामबहादुर भने पोलमा नै थिए। यसबारे विद्युत्‌ कार्यालय बेखर थियो। रामबहादुर भुइँमा नओर्लिकन विद्युत्‌ अन गरिदियो। पोलमा रहेका रामबहादुरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो। ‘विद्युत्‌ कार्यालयको लापरबाहीका कारण दाइको ज्यान गयो,’ चन्द्र बताउँछन्।  

लामो समयसम्म अस्थायी सेवा गरे। स्थायी नियुक्ति भएको केही समयमै रामबहादुरको विद्युतीय दुर्घटनामा परी निधन भएको थियो। ‘दाइले अस्थायी रुपमा लामो समय काम गरेका थिए। मुत्यु हुनुभन्दा तीन महिनाअघि मात्र स्थायी कर्मचारीका रुपमा नियुक्ति पाएका थिए,’ भाइ चन्द्र बहादुरले भने।  

सामान्य परिवार भएकाले रामबहादुरको जागिरले परिवारको गर्जो टारिन्थ्यो। तर, लाउँ–खाउँ भन्ने उमेरमा दाइको मृत्यु भयो चन्द्रबहादुरले निरासा पोखे। त्यसपछि भने विद्युत्‌ले साढे चार लाख जति राहत दिइयो। विद्युत्‌मा करेन्ट लागेमा कहाँ न्याय माग्ने कहाँ क्षतिपूर्ति माग्ने थाहा थिएन। परिवारको एक सदस्य गुमाउनुपर्दा उनीहरुले निकै दुःख भोगेको बताए। 

दाइको मृत्यु भयो। दुई छोराछोरी छन्। कसरी हुर्काउने, पढाउने, बढाउने भन्ने चिन्ता सुरु भयो। रामबहादुर विद्युत्‌को कर्मचारी भएको हुनाले श्रीमती अम्बा रावललाई जागिर लगाइदिने स्थानीय नेताले आश्वासन दिए। विद्युत्‌ कार्यालयमा परिवारले कुरा राख्यो। न कर्मचारीको बीमा छ न त राहतको कुनै प्याकेज छ। जहाँ काम गर्ने कर्मचारी नै मृत्युको मुखमा पुग्छन्। त्यस्तो संस्थामा झनै कुनै सेवा सुविधा र राहत नभएको आक्रोश चन्द्रबहादुरले पोखे। 

Ncell 2
Ncell 2

विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

परिवार र विद्युत्‌ कार्यालयको सम्झौतामा जागिर दिने निर्णय गरियो। तीन महिनापछि भने रामबहादुरकी श्रीमती अम्बालाई ज्यालादारीमा कार्यालय सहयोगीका रुपमा काम दिइयो। उनीहरूका एक छोरा र एक छोरी छन्। अम्बाले ज्यालामा काम गरेको १४ वर्ष भइसकेको छ। त्यही सानो जागिरका आधारमा दुई छोरा–छोरीलाई पढाइराखेकी छन्। ‘जागिर त लगाइदिए तर अस्थायी, आज हो कि भोलि,’ उनले गुनासो गरिन्, ‘यहाँ राजनीतिक दाउपेच चल्छ कुन दिन के हुने हो थाहा छैन। त्यो बेलाको व्यवस्थापन समितिले राखेको हो। व्यवस्थापन समिति फेरिन्छ जागिर रहन्छ कि रहन्न थाहा हुँदैन?,’ अम्बाले भनिन्। 
०००
श्रीमान् भारतमा काम गर्न गएको भए अहिले यो दुःख भोग्नुपर्दैनथ्यो भन्ने सुकी विकलाई मनमा लागिरहन्छ। भारतमै काम गरेर लामो समय जीविकोपार्जन भएकै थियो। ‘फेरि गएको भए आज यो दुख कहाँ हुन्थ्यो र? तर, अब सोचेर पुग्नेवाला छैन। जे हुनु त भैसक्यो मनमा यही प्रश्नले घोचिरहन्छ,’ उनले भावुक हुँदै भनिन्। बाजुरा बडिमालिका नगरपालिका ७ को जिल्ली भन्ने गाउँमा घर भएकी सुकीका श्रीमान चन्द्रबहादुर विकको २०७३ पुस १८ गतेका दिन करेन्ट लागेर मृत्यु भयो। श्रीमानकाे मृत्यु भएको ६ वर्ष भइसकेको छ। दिन बिते, दुःख थपिए। समस्याका सीमा झन्झन् फराकिला हुँदै गए। गाउँमा सामान्य खेतीपाती थियो। जुन अहिले पनि छ। 

पहिला चन्द्रबहादुर भारतमा गएर काम गर्थे। नेपाल–भारत आउजाउ गरिराख्थे। २०७३ पुस १७ गतेका दिन रोजगारीका लागि भारत जाने परिवारमा सल्लाह भयो। सुकीले भारत जान जोड दिइन्। कति भारतमात्रै जानु अब घरमा केही काम गरेर खाने अडान चन्द्रबहादुरले राखे। 

त्यही बेला घर बनाउने काम पनि जिम्मा लिएका थिए उनले। गाउँकै अन्य साथीहरु भारत गए। सुकीले राम्रो कमाइ हुने भएकाले भारत जान आग्रह गरिन्। तर, चन्द्रबहादुरले भने जिम्मा लिएको घरको काम सकाएर जान्छु भने। ‘मैले भनेको मानेको भए यो अवस्था हुने थिएन होला’, सुकी सम्झिन्छन्। 

चन्द्रबहादुरलाई घर बनाउने काम आउँथ्यो। यसै क्रममा गाउँकै उमाकान्त जैशीको घर वडा नम्वर ७ को चुथी वडा कार्यालय नजिकै हो। काम गरेको १० दिन जति भएको थियो। गाउँकै बुदे विक र गोरे विकसँगै मिलेर काम गर्थे। गोरेले ठेक्का लिएका थिए। त्यहाँ गारो लगाउने काम गर्थे। 

घरमा खाना खाएर चन्द्रबहादुर काममा गए। साना छोराछोरी स्कुल गएका थिए। श्रीमती सुकी घरकाे काममा व्यस्त थिइन्। दिउँसोको करिब १२ बजेको थियो होला। 

नयाँ बनाइराखेको घरको पिलरमाथि तारसँग ठोकियो। पिलरको फलामे डन्डी माथिका बिजुलीका प्रमुख दुई लाइनमा ठोक्कियो। करेन्ट तलसम्म पुग्यो। बुदे र चन्द्रबहादुर भने बाहिरपट्टी काम गरिराखेका थिए। चन्द्रबहादुर पिलरका डन्डी नजिक थिए। यसैबीच, चन्द्रबहादुरलाई करेन्ट लाग्यो। उनको घटनास्थलमै मृत्यु भयो। 

नजिकै रहेका साथीहरु सबैजना बेहोस भए। उनले पानी पनि भन्न पाएनन्। सधैँका लागि अस्ताए। पाँच छोराछोरी टुहुरा भए। घरको माइलो छोरा थिए  उनी। बुवाआमाको आशाको बैशाखी ढल्यो। सुकीका सारथि बिते। 

त्योबेला सुकी घरमै थिइन्। श्रीमानकाे मृत्युको खबरले उनी बेहोस भइन्। गाउँकै दिदीबहिनीले श्रीमानकाे मृत्यु भएको ठाउँसम्म पुर्याइदिए। केही बोल्न सकिनन्। दिमाग शून्य भयो। पाँच छोराछोरी कसरी हुर्काउने भन्ने मनमा विरह सुरु भयो। उनी भन्छिन्, ‘मर्ने मरेर जाँदा रैछन्, गाह्रो  बाँच्नेलाई पो रहेछ।’

करेन्ट लागेर मृत्यु भइसकेपछि घरवालाले क्षतिपूर्ति भन्दै एक लाख रुपैयाँ दियो। आधा पैसा काजक्रियामा सकियो। आधामात्र हातमा लिइन्। अन्य कतै ठाउँबाट उनले राहत पाइनन्। कुनै खालको सहयोग कतैबाट मिलेन। घरवालाको लापरवाहीका कारण श्रीमानकाे मृत्यु भएको हो भन्ने सुकीलाई लागेको छ। ‘विद्युत्‌को लाइन जोडेको ठाउँमा घर बनाउँदै ख्याल गरिनुपर्ने थियो,’ उनले भनिन्।

गाउँमा सुकीको खासै जग्गा–जमिन छैन। भएकोमा पनि राम्रो उब्जनी छैन। यसले गर्दा हातमुख जाेर्न गाह्रो भइरहेको उनी बताउँछिन्। ‘श्रीमानले जसोतसो मुखमा माड लगाएकै थिए। एक्कासी उनको मृत्युले पाँच छोराछोरी कसरी बचाउने भन्ने पीर सुरु भयो। आर्थिक उपार्जनको काम गाउँमा हुँदैन। गरिबलाई कहाँ पो सुख छ र!,’ उनी निरासा पोख्छिन्।

याे पनि 

करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

खान–लाउन समस्या भएकाले सुकीले जागिर लगाइदिन गाउँसमाजका सबैले मिलेर विद्युत्‌ कार्यालयमा अपिल गरे। त्रिवेणी साना जलविद्युत्‌सँग कुरा राखेर सुकीलाई जागिर लगाइयो। तीन महिनापछि कार्यालय सहयोगीका रुपमा जागिर दिइयो। पहिला महिनावारी तलब आउँथ्यो। अहिले भने ज्यालादारीमा भएको छ। अहिले सुकीले पाँच छोराछोरी र आफ्नो खर्च यही जागिरबाट धान्दै आएकी छिन्।

देशमा हरेक कुरामा राजनीति घुसाइन्छ। यसर्थ, राजनीतिकै कारण कुनदिन जागिर जाने हो भन्ने सुकीको मनमा डर छ। ‘आजकाल एमालेको मान्छेलाई हामीले जागिर दियौँ, कांग्रेसको मान्छे हामीले दिलायौँ भन्दै जवाफ लगाउँछन्,’ उनी गुनासो गर्दै प्रश्न गर्छिन्, ‘क्षतिपूर्तिस्वरुप जागिर लगाइदियो त्यो बेला। अहिले भने आज हो कि भोलि भनेर त्रास पैदा भएको छ। भएको सानो यही जागिर गए के गरी बाँच्ने होला?’ 

विद्युतीय दुर्घटनाको डरलाग्दो अवस्था: खाँचो द्रुत उद्धारको

सुकीका छोराछोरी अब त ठूला भइसके। अब उनलाई छोराछोरी कसरी पढाउने होला भन्ने चिन्ता छ। ‘यही कुराले निन्द्रा लाग्दैन,’ उनले भनिन्। उनले सानी एक छोरी र एक छोरा काठमाडौंमा अनाथालयमा पढाइराखेकी छिन्। तीन छोरा आफैँसँग बाजुराको सदरमुकाम मार्तडीमा छन्। उनले दुःखसुख गरेर परिवार पालिराखेकी छिन्। ‘अब छोराछोरीकै आस छ,’ जति दुःख पाए पनि जीवनप्रति आशावादी रहेको उनी संकेत गर्छिन्।  

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १५:१३
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
बारा जिल्लामा एकै परिवारका आमा–छोराको हत्या बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली बुधबार, माघ १४, २०८२
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्