• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
विद्युतीय दुर्घटनाका कारण जनधनको क्षति बढ्दो: सुरक्षा र क्षतिपूर्तिमा सुधारको खाँचो
ईश्वर बराल/सुरेन्द्र बजगाईं शुक्रबार, पुस २२, २०७९  ११:४०
1140x725

काठमाडौं- गत वर्षको यही समयमा सर्लाही, कविलासी नगरपालिका-७, सिरसियाका जोगी महरा चमारको फुसको घरमा आगो लाग्यो। विद्युत सर्ट भई आगलागी हुँदा सुतिरहेका दुई छोरी ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको जलेर मृत्यु भयो।

दुई जनाको ज्यान जाने गरी भएको दुर्घटना के कारणले दुर्घटना भयो र पीडित परिवारले के-कस्ता क्षतिपूर्ति पाए भन्ने न प्रहरीसँग थप खबर छ न प्राधिकरणले नै सूचना राखेको छ। 

यस्तै, केही महिनाअघि सप्तरीको राजविराज नगरपालिका-७ मा सञ्चालित छिन्नमस्ता साबुन उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति भएको थियो। सुनिलकुमार साह र प्रमोदकुमार साहले संयुक्त रूपमा सञ्चालन गर्दै आएको साबुन उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएको खबर प्रकाशित भएको थियो। 

उक्त घटना प्राधिकरणकै त्रुटिले भएको हो वा स्वयं सञ्चालकहरुकै कारण भएको हो, तथ्यगत सूचना कतै छैन। 

उल्लेखित दुई घटनाले के देखाउँछ भने, विद्युतीय दुर्घटनाका कारण जन वा धनको क्षति कति र के-के कारणले हुन्छ भन्ने विद्युत प्राधिकरण र नेपाल प्रहरीसँग एकीकृत सूचना छैन। प्राधिकरणका सूचना अधिकारीले नेपाल लाइभसँग कुरा गर्दै भनेका छन्, ‘विद्युतीय दुर्घटनाका कारण जन-धनको कति क्षति हुन्छ भन्ने एकीकृत तथ्याङ्क नेपाल विद्युत प्राधिकरणसँग छैन।’

प्राधिकरणसँग एकीकृत तथ्याङ्क नभए पनि पछिल्ला वर्षहरुमा विद्युतीय दुर्घटनाहरु बढेको तथ्यहरूले पुष्टि गर्छन्। यो क्षेत्रमा काम गर्ने विज्ञहरु विद्युत्‌जन्य घटना फरक-फरक परिमाणमा प्राय: हरेक घरमा  भइरहेको र यसलाई सामान्य नियतिका रुपमा स्वीकार गर्ने गरिएको बताउँछन्। यस्ता दुर्घटना न्यूनीकरणका लागि प्राधिकरण र सरोकारवाला निकायको ध्यान नपुगेको उनीहरुको भनाइ छ।

Annual_death_and_accident_rate1672916678.jpg
२०६८ असारदेखि २०७५ चैत्र सम्मको विद्युतीय दुर्घटनाको स्थिति। तथ्यांक : नेपाल विद्युत प्राधिकरण।

एकातिर यस्ता घटनालाई नियतिको रुपमा स्वीकार गर्नाले दुर्घटनाबाट ठूलो जनधनको क्षति भइरहेको छ भने अर्कातिर अकालमा ज्यान गुम्नाले उसमाथि आश्रित परिवारका सदस्यको गुजाराका लागि समस्या पर्ने गरेको छ।

पछिल्ला वर्षहरुमा विद्युतीय दुर्घटनाबाट मानवीय क्षति बढिरहेको प्राधिकरणकै तथ्याङ्कले देखाउँछ। दुर्घटनाबाट मानवीय र धनको क्षति बाहेक जनावर तथा पशुपक्षीको पनि क्षति हुने गरेको छ। २०६८ देखि २०७५ सम्मको एक तथ्याङ्कले विद्युतीय दुर्घटनाबाट २ सय ४६ जना व्यक्ति र ३ सय ४० पशुपंक्षीको ज्यान गएको थियो। यस्तै, अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामै १६ मानिस र २४ जनावरको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

Ncell 2
Ncell 2
Death_and_accident_079_801672916679.jpg
तथ्यांक : नेपाल विद्युत प्राधिकरण।

विद्युतीय दुर्घटना हुनुका कारण
विद्युतीय दुर्घटनाको क्षेत्रमा काम गर्ने विज्ञ तथा सरोकारवालाले यस्ता दुर्घटना हुनुमा ११ वटा कारण रहेको औंल्याएका छन्। डा श्रीराम शर्मा र डा प्रेमराज ढुंगेल (दक्षिण एसियाली चट्याङ संजालका अध्यक्ष तथा सदस्य) र शुसान्त शर्मा (प्रकोप व्यवस्थापन विज्ञ) ले एक लेखमार्फत विद्युतीय दुर्घटनाका ११ वटा कारण उल्लेख गरेका छन्:  

- विद्युत्‌जन्य आगलागी तथा दुर्घटनाका कारणहरू केलाएर हेर्ने हो भने ११ वटा प्रमुख रूपमा देखिएका छन्। पुराना तथा लामो समयसम्म प्रयोग नगरी राखिएका उपकरणहरू प्रयोग गर्दा विद्युतीय सम्पर्क बिन्दुहरू खुकुलो भई झिल्का निस्किएर वा तातेर आगलागी हुने एउटा कारण हो भने हिटरहरू लामो समयसम्म बालिराख्दा बाहिरी भागमा भएको कुचालक तातेर वा लापरबाहीले नजिकै कपडा वा अन्य ज्वलनशील सामग्री राख्दा तिनमा आगलागी हुने अर्को कारण हो ।

- त्यसैगरी आगलागीका अरू कारणहरू हुन्- कुनै सुचालक/उपकरणको विद्युत् प्रवाह गर्ने अधिकतम क्षमताभन्दा बढी करेन्ट प्रवाह भई त्यसमा ताप उत्पन्न हुनु, पुराना वायरिङमा प्रयोग भएका सुचालक तथा सुरक्षार्थ राखिएका कुचालकहरूको गुणस्तर घट्दै गएर तिनको करेन्ट वहन वा ताप सहन गर्ने क्षमतामा ह्रास हुनु, विद्युतीय प्लगमा उपकरण जोड्दा वा अन-अफ गर्दा आगोको झिल्का निस्किएर नजिकै भण्डारण गरिराखेको ज्वलनशील पदार्थलाई भेट्नु, धेरै वटा विद्युतीय उपकरणलाई सजिलोका लागि एकै स्थानबाट विद्युतीय एक्स्टेन्सन वा मल्टिप्लगको सहायताले जोड्दा तिनीहरूको धान्न सक्ने अधिकतम करेन्टको क्षमताभन्दा अधिक भारका कारण मल्टिप्लगहरू अधिक तात्नु र अन्तर्राष्ट्रिय मापदण्डले करेन्टको मात्राअनुसार विभिन्न सुचालक (तामा वा एल्युमिनियम)का तारको मोटाइ निर्धारण गरेकोमा कम मोटाइका तार वा मापदण्ड नपुगेका उपकरणको प्रयोग हुनु।

माथि उल्लेखित सात कारणले हुने विद्युतीय दुर्घटना वा आगलागी घटाउन सामान्य सावधानी मात्र अपनाउँदा हुने विज्ञहरूका धारणा छन्। त्यसका लागि कुनै विशेष विज्ञता नरहने तर ठूला क्षतिहरू हुने उनीहरु बताउँछन्। उनीहरूले औंल्याएका  बाँकी ४ कारणबारे डा श्रीराम शर्मा र डा प्रेम राज ढुंगेल तथा शुसान्त शर्मा लेख्छन्:
- चारमध्ये एक हो‚ अर्थिङ। सामान्यतया: न्यून भोल्टेज प्रणालीमा अर्थिङको भूमिका अचानक हुने विद्युतीय करेन्ट वा भोल्टेजको वृद्धि तथा विद्युत् चुहावट हुँदा त्यसलाई सजिलो न्यून अवरोधात्मक बाटो प्रदान गरी त्यसले गर्ने क्षतिबाट जोगाउनु हो। त्यसैले अर्थिङ नगर्दा दुर्घटना हुनु स्वभाविक हो। तर अर्थिङ गरेको छ भने पनि अवैज्ञानिक वा गलत अभ्यासका अर्थिङ वा गैरमापदण्डका अर्थिङ सामग्री प्रयोग गरेको अवस्थामा अर्थिङ प्रभावकारी नहुँदा दुर्घटना हुने गर्छन्।

shivam cement

shivam cement

- 'फल्ट लुप' अवरोध कम चर्चामा आउने तर महत्त्वपूर्ण विषय हो‚ जसका कारण हुने दुर्घटना वा आगलागी निकै धेरै छन्। यसबारे प्राविधिकहरूलाई समेत न्यून ज्ञान रहेको पाइएको छ भने सर्वसाधारणमा त हुने कुरै भएन। अर्थिङको अवरोध ज्यादा हुँदा चुहावट भएको करेन्टले पूरा गर्नुपर्ने विद्युतीय बाटोलाई 'फल्ट लुप' भनिन्छ। त्यस्तो मार्गको अवरोध बढी भएका कारणले एमसीबीजस्ता अधिक करेन्ट उपकरणहरूले ट्रिप गर्दैनन् र आगलागी हुने गर्छ।

- विद्युतीय सर्जका बारेमा पनि नेपालमा निकै कम चर्चा भएको पाइन्छ। कतिपय इलेक्ट्रिकल इन्जिनियरहरूसमेत यसबारे अनभिज्ञ छन्। अचानक र क्षणिक रुपमा बढ्ने विद्युतीय करेन्ट वा भोल्टेज नै विद्युतीय सर्ज हो। यसको प्रमुख स्रोत चट्याङ हो। स्विचहरू अन-अफ गर्दा पनि यस्ता सर्ज निस्किने गर्छन्। सामान्यतया: सर्जको अवधि अत्यन्त छोटो, केही नानोसेकेन्ड (एक सेकेन्डको एक अर्बौँ भाग) देखि केही सय माइक्रोसेकेन्ड (एक सेकेन्डको दस लाखौँ भाग) सम्मको हुने गर्छ। एमसीबीजस्ता उपकरणले अधिक करेन्ट प्रवाह हुँदा प्रतिक्रिया जनाउन केही मिलिसकेन्ड (एक सेकेन्डको एक हजारौं भाग) बढी समय लिने गर्छन्‚ जसले गर्दा यिनले सर्जलाई रोक्न सक्दैनन्। सर्जले हाम्रा उपकरणहरूमा क्षति पुर्‍याइसक्दासम्म एमसीबीले थाहै पाउँदैन। यी सर्जबाट बचाउन सर्ज प्रतिरक्षी उपकरणको प्रयोग गर्नुपर्छ‚ जसको अभ्यास नेपालमा न्यून भएको पाइन्छ।

- कुनै सुचालकमा विद्युतीय करेन्ट प्रवाह हुनका लागि त्यसको दुई भागको बीचमा असमान भोल्टेज हुनुपर्छ, समान भोल्टेज छ भने करेन्ट प्रवाह हुँदैन। सामान्य अवस्थामा विद्युतीय उपकरणहरूले दुई तार (फेज र न्युट्रल) का मद्दतले राम्रोसँग काम गर्छन् तर विद्युतीय गडबडीको अवस्थामा कुनै भाग वा उपकरणको भोल्टेज उच्च हुन जान्छ र अन्य भागको न्यून। यस्तो अवस्थामा एक भाग वा उपकरणबाट करेन्ट अर्कोमा प्रवाह भई दुर्घटना अथवा आगलागी हुने गर्छ। यसरी हुने दुर्घटना न्यूनीकरणका लागि समान भोल्टेज बन्धनीकरण गर्नुपर्ने हुन्छ। यस्तो बन्धनीकरणको अभ्यास नेपालमा भएको पाइँदैन। परिणाम स्वरूप विद्युतीय दुर्घटनाहरू निकै बढी भएको पाइन्छ।

विद्युतीय दुर्घटनाका पछिल्ला चार कारणहरूबाट हुने दुर्घटना न्यूनीकरण गर्न विज्ञ प्राविधिकको आवश्यकता पर्ने विज्ञ बताउँछन्। आगलागी विद्युतीय दुर्घटनाका जिम्मेवार यिनै कारणहरू रहेको उनीहरूको धारणा छ। विकसित मुलुकहरूमा पनि आगलागीको प्रमुख कारक तत्त्व यिनै रहेको अनुसन्धानले देखाउने उनीहरूकाे निष्कर्ष छ। 

यी बाहेक नेपालमा हुने गरेका दुर्घटनामा अव्यवस्थित वितरण प्रणाली र जनस्तरमा कम चेतना प्रमुख कारण रहेको बताउँछन् विद्युत प्राधिकरणका कर्मचारी प्रमोद खड्का। उनी यस्ता दुर्घटनाबाट हुने मानवीय तथा जनधनको क्षतिलाई दुई पक्षबाट हेर्नुपर्ने बताउँछन्। पहिलो, प्राधिकरणको त्रुटिका कारण र दोस्रो, उपभोक्ताले प्रयोगमा गर्दा हुने सम्भावित दुर्घटनालाई अनदेखा गरेका कारण।

‘शहरीकरण वृद्धिसँगै अव्यवस्थित वितरण प्रणालीलाई सुधार गर्न सकिएको छैन। सेता र नाङ्गा तार यत्रतत्र देखिन्छन्। प्राविधिक कर्मचारीहरु मर्मत-सम्भारका लागि त्यस्ता स्थलमा धेरै रिक्स हुन्छ,’ राष्ट्रिय कर्मचारी युनियनका सचिव खड्का भन्छन्, ‘अर्कोतर्फ उपभोक्ताले यसको प्रयोगमा हेलचेक्र्याइँ गर्छन्। चोरी गर्ने, विद्युत प्राधिकरणसँग समन्वय नगरी रुख-बिरुवा काट्ने र तारहरु भुँइमा छरिए पनि समयमै सम्बन्धित निकायमा सूचना नदिनाले दुर्घटना निम्त्याउँछ।’ 

यस्तै विद्युत प्राधिकरणका सह-प्रबन्धक तथा इन्जिनियर सुशील पौडेल विद्युतीय दुर्घटना हुनुका ४ कारण बताउँछन्। उनले औंल्याएका चार कारणमा विद्युत चोरी, सुरक्षा उपकरण प्रयोग नहुनु, जनचेतनाको कमी, दक्ष जनशक्तिको प्रयोग नहुनु रहेका छन्। उनका अनुसार सुरक्षा उपकरण प्रयोग नहुँदा र दक्ष जनशक्तिको प्रयोग नहुँदा विद्युत प्राधिकरणका मानव संसाधनमा क्षति पुग्ने गरेको छ। 

सुरक्षा उपकरणको प्रयोगमा कमी
यता खड्का भने प्राधिकरणले राम्रा र गुणस्तरीय सुरक्षा उपकरण नल्याउँदा प्राधिकरणका कर्मचारीको मृत्यु हुने गरेको बताउँछन्। अनियन्त्रित नाङ्गा र सेता तारको विस्थापन नगर्ने हो भने जनधनको क्षति कम नहुने उनको धारणा छ। ‘सुरक्षा उपकरण गुणस्तरीय र राम्रा ल्याउनु पर्‍यो। हामीले कर्मचारीको हक र हितको लागि अहिले पनि यही माग राखेर व्यवस्थापनसँग कुरा गरिरहेका छौँ,’ खड्काले भने। 

सह-प्रबन्धक पौडेल भने कर्मचारीको सुरक्षाका लागि गुणस्तरीय उपकरणहरु रहेको र आममानिसको सुरक्षाका लागि जनचेतना तथा सुरक्षा सम्बन्धित कार्यक्रम सडक नाटकहरु देखाउने गरेको बताउँछन्। यस्तै, नाङ्गा तार विस्थापन गर्न प्राधिकरणले अर्बौँ लगानी गरेर एबी केबल हाल्न थालेको उनी बताउँछन्। एबी केबल भनेको कालो तार बिछ्याउनु हो।

‘दुर्घटना सम्बन्धी जनचेतना जगाउन स्थानीय रुपमा तीव्र प्रचारप्रसार गरी वार्षिक रुपमा विद्युत सुरक्षा दिवस मनाउने गरेका छौँ। विद्युत चोरी नगरौं, दुर्घटनाबाट बचौं भन्ने अभियानलाई राष्ट्रव्यापी रुपमा अगाडि बढाएका छौँ।  'हेल्थ एन्ड सेफ्टी इन्स्पेक्टर' को व्यवस्था गरी काममा खटिने कर्मचारीलाई सुरक्षा उपकरण अनिवार्य गराउनका साथै 'सेफ्टी फर्स्ट' को अवधारणा लागू गरेका छौँ,’ पौडेल भन्छन्, ‘विद्युतीय संरचनाहरुको स्तरोन्नति एवं वितरण प्रणालीमा अण्डरग्राउण्डिङको काम अगाडि बढाएका छौँ।’

डा श्रीराम शर्मा र डा प्रेमराज ढुंगेल तथा सुशान्त शर्मा विद्युतीय गडबडीबाट हुने क्षति न्यूनीकरणका लागि जनमानस तथा सरोकारवालाहरूमा सचेतना फैलाई विज्ञ प्राविधिकहरू प्रयोग गरी कारण पहिल्याएर प्राथमिकताका साथ निराकरण गर्ने नै प्रमुख उपाय रहेको बताउँछन्। यसका लागि भवनहरूमा विद्युत् जडान गर्दा अनिवार्य रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गर्ने, गराउने र विद्युतीय जडानहरूको अवस्था कस्तो छ भनेर थाहा पाउन अनिवार्य विद्युतीय लेखा परीक्षण गराउने व्यवस्था गर्नुपर्ने शर्माद्वय र ढुंगेल  बताउँछन्।

राहत तथा क्षतिपूर्तिमा ढिलासुस्ती 
एकातिर प्राधिकरणमा जनधन क्षतिको एकीकृत तथ्याङ्क छैन भने अर्कोतर्फ प्राधिकरणकै त्रुटिका कारण हुने क्षतिको क्षतिपूर्ति दिनमा बिलम्व हुने गरेको देखिन्छ। कामको सिलसिलामा कुनै कर्मचारीको मृत्यु भएमा नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमवली, २०७५ को दफा ११२ मा व्यवस्था गरिएको छ। यसमा राखेका केही प्रावधानले परिवारका सदस्यहरुले हैरानी भोग्ने गरेका छन्। 

क्षतिपूर्ति दावी गर्न प्रहरी र स्वास्थ्य संस्थाको सिफारिस लिएर आउनुपर्छ। ती निकायको झण्झटिलो प्रक्रियाले वर्षौं क्षतिपूर्ति नपाउने अवस्था रहेको एक कर्मचारीले बताए। त्यसमाथि ऊर्जा मन्त्री नेतृत्वको बोर्डले क्षतिपूर्ति भुक्तानीबारे निर्णय गर्नुपर्ने हुँदा कहिलेकाहीँ महिनौँ बैठक नबस्ने भएकाले पीडितहरुले थप दु:ख भोग्ने गरेको बताउँछन् विद्युत प्राधिकरणका कर्मचारी शंकर क्षेत्री। क्षेत्री कर्मचारीकै हक हितका लागि खोलिएको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका सचिवालय सदस्य हुन्। 

‘कर्मचारीले क्षतिपूर्ति नपाउने भन्ने हुन्न। तर अस्पताल र प्रहरीको सिफारिस आवश्यक पर्ने हुँदा प्रक्रिया केही लामो हुन जान्छ। त्यसमाथि हरेक बिहीबार बस्ने भनेको बोर्डको बैठक मन्त्रीको समय नमिल्दा र कहिले मन्त्री नहुँदा ५-६ महिनामा बस्ने गर्छ,’ नेपाल लाइभसँग कुरा गर्दै क्षेत्री भन्छन्, ‘कर्मचारीको सुरक्षाका अवश्यक संयन्त्र सुधारका साथै क्षति भए तत्काल रकम भुक्तान गर्न हामी दबाब बढाइरहेका छौँ।’

विद्युत प्राधिकरण बागमती प्रदेशका प्रमुख श्रीरामराज पाण्डे भने विद्युत प्राधिकरणका कारण कोही कतै मृत्यु भए वा घाइते भए कुनै कसर नराखी क्षतिपूर्ति तथा उपचार गर्ने गरेको बताउँछन्। 

Legal_Rights1672916679.jpg
कामको सिलसिलामा दुर्घटनामा परेमा पाउने सुविधाको व्यवस्था

‘हाम्रा कारण कर्मचारीको होस् वा आमनागरिकको मृत्यु भए वा घाइते भए कुनै बिलम्व नगरी तत्काल उपचार खर्च र क्षतिपूर्ति दिन्छौँ। कानुनले तोकेको क्षेत्राधिकार भित्र रहेर क्षतिपूर्ति दिने गरेका छौँ,’ नेपाल लाइभसँग कुरा गर्दै पाण्डेले भने।

यता, उपभोक्ता हित संरक्षण मञ्चका अधिवक्ता विष्णु तिमिल्सिना प्राधिकरणले क्षतिपूर्ति भुक्तान गर्न ढिला गर्ने गुनासो आउने गरेको बताउँछन्। दुर्घटनाका कारण पहिचान गरेर तत्काल सुधार गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनमा बिलम्व गर्न नहुने उनको धारणा छ। 

'कुन कारण गर्दा दुर्घटना भयो र नोक्सानी भयो भनेर अनुसन्धान गरिनुपर्छ। हामीले विभिन्न समयमा विद्युत वितरण गर्दा तार भुईँमा झरेर आगो लाग्ने, जनधनको क्षति हुने गरेको सुनेकै हो। त्यस्तो अवस्थामा पीडितले सम्बन्धित स्थानमा उजुरी गर्दा सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्छ,’ नेपाल लाइभसँग कुरा गर्दै तिमिल्सिना भन्छन्, ‘तर न्याय पाउनको लागि पीडितहरूले लामो समय पर्खनुपर्ने अवस्था छ। कुनै दुर्घटनाको त ३-४ वर्षसम्म पनि क्षतिपूर्ति नपाएको अवस्था पनि छ। नेपालको संरचना सुस्त भएकाले पनि पीडितले समयमा न्याय पाउन सकेका छैनन्। जसका कारण उपभोक्ता र प्राधिकरणकै कर्मचारी पनि मारमा परेका छन्।’

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ११:४०
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध शुक्रबार, वैशाख २६, २०८२
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
आज ७३औँ कानुन दिवस शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्