• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जाडोमा जलनको प्रकोप: अस्पताल पुर्‍याए पनि किन बचाउन सकिँदैन बिरामी?

64x64
अन्शु खनाल बिहीबार, पुस २१, २०७९  ११:४४
1140x725

काठमाडौं– गत मंसिर २० गते बिहान डम्बर रिजाल श्रीमतीसहित नास्ता बनाउँदै थिए। भान्सामा एक्कासी ग्यास पड्कियो। उनीहरूले एक छिन त के भयो भन्ने थाहा नै पाउन सकेनन्। दुवैको मुख र हातखुट्टा जलेको थियो। बर्दिया घर भएका रिजाल श्रीमान्–श्रीमती घटनाको केही बेरमा नजिकैको मेडिकल गए। मेडिकलले उनीहरूलाई गुलरियाको अस्पताल रेफर गर्‍यो। गुलरियामा दुई दिन बसेपछि सो अस्पतालले पनि अन्तै जान सुझायो।

‘हाम्रो छाला पूरै पानीले भरिएको थियो। गुलरियाबाट हामी नेपालगञ्जको भेरी अस्पताल गयौँ। भेरीले ड्रेसिङ समेत गर्न नमानेर काठमाडौं जान भन्यो। एम्बुलेन्समा बडो कष्ट सहेर हामी कीर्तिपुर अस्पताल आइपुगेका हौँ,’ डम्बर भन्छन्। कीर्तिपुर अस्पतालमा उपचाररत उनीहरूको स्वास्थ्यमा अहिले सुधार आइरहेको छ।

०००

रामेछापका हरिबहादुर बस्नेत र उनकी श्रीमती घरकै काम गरिरहेका थिए। उनीहरूका ५ वर्षीय छोरा इसाक आँगनमा खेलिरहेका थिए। आँगनको एउटा कुनामा गाइलाई कुँडो पकाएर प्लाईले छोपेर राखिएको थियो। छोरो खेल्दाखेल्दै प्लाईमाथि चढेर कुँडोको भाँडोमा परेको उनीहरूले भेउ नै पाएनन्। ‘खेल्दाखेल्दै प्लाईमाथि चढेछ, प्लाई फर्किएछ र तातो कुँडोभित्र परेछ,’ हरिबहादुर भन्छन्। उनीहरू गत दुई हप्ता यता कीर्तिपुर अस्पतालमा छोराको उपचार गराइरहेका छन्।

०००

जाडो महिना लागेपछि जलनका बिरामी ह्वात्तै बढ्ने कीर्तिपुर अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा किरण नकर्मीले बताए। ‘गर्मी महिनाको तुलनामा जाडो महिनामा अत्यधिक जलनका घटनाहरू बढ्छन्। अन्य मौसममा खाना पकाउँदा जलनका घटना हुन्छन् भने जाडो महिनामा आगो ताप्दा बढी यस्ता घटना घट्छन्,’ उनले भने।

चिकित्सकका अनुसार आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, सामान्यमा तेल पड्किने, दाल पोखिने, चिया पोखिने, दूध पोखिने, तातो चिज उछिटिनेदेखि कुँडो पकाएको भाँडामा खस्ने, तातो चिजहरूमा पर्ने र विद्युतीय जलन मुख्यतयाः सबैभन्दा आम रूपमा हुने देखिने जलन हो।

विशेषगरी तराईमा जलनका घटना बढी हुने त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा जयनमान श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘तराईमा जाडो लागेपछि बाहिर खुला ठाउँमा आगो ताप्ने चलन छ। त्यसलाई घुर ताप्ने पनि भनिन्छ। त्यस्तो अवस्थामा सबैभन्दा उमेर भएका बुढाबुढी र बालबच्चाहरु जलनको जोखिममा छन्।’

nimb
nimb
Ncell 2
Ncell 2

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब ६५ देखि ७५ हजार मानिस आगो, तातो तेल, विद्युतीय, एसिड लगायतका जलनको सिकार हुन्छन्।

कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक रूपमा ६ सय देखि ७ सय जलनको उपचार हुने डा नकर्मी बताउँछन्। ‘कीर्तिपुर अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी आगोले पोलेर आउने ६० प्रतिशत, तातो झोलले पोलेर २२ प्रतिशत, विद्युतीय जलन १३ प्रतिशत र बाँकी अन्य खालका जलन छन्,’ उनी भन्छन्।

कीर्तिपुर अस्पतालसहित जलनका उपचार हुने त्रिवि शिक्षण अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, पाटन अस्पताल र वीर अस्पताल गरेर पनि वार्षिक रूपमा करिब १५ सय बिरामी मात्रै उपचारको पहुँचमा पुग्ने गरेका छन्। उपचार पहुँचमा नआएका बिरामीहरु जीवनभर जलनको घाउ लिएर पीडामा बाँच्ने डा नकर्मीको भनाइ छ। उनी भन्छन्, ‘६५ देखि ७५ हजार जलनका सिकार भएकामध्ये एक तिहाई पनि उपचारको पहुँचमा छैनन्। त्यस्ता बिरामीहरु जीवनभर घाउ लिएर, घाउ कुहाएर, थप संक्रमण भएर बस्नुपर्ने अवस्था छ।’

०००

पछिल्लो समय कीर्तिपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग मिलेर प्लास्टिक सर्जनहरू उत्पादन गर्न तालिमका कामहरू गरिरहेको छ। ‘अस्पतालकै पहलमा आइसीयूमा जलनको बिरामीको उपचार र केयर गर्नेबारे तालिम लिन २ जनालाई बाहिर पनि पठाएका छौँ। साथै, मन्त्रालय र राष्ट्रिय तालिम केन्द्रको सहयोगमा १५० जना सरकारी डाक्टर र नर्सहरूलाई जलनसम्बन्धी तालिम दिइसकेका छौँ,’ नकर्मी भन्छन्।

कीर्तिपुर अस्पतालको गत वर्षको तथ्याङ्क हेर्दा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ प्रतिशत बिरामीहरु काठमाडौं बाहिरबाट आएका छन्। जलनको उपचार महङ्गो हुने हुनाले आर्थिक अवस्था कमजोर भएकाहरू बाहिरबाट आउन सक्दैनन्। डा नकर्मी भन्छन्, ‘काठमाडौं बाहिर जम्मा ३ या ४ जना मात्रै प्लास्टिक सर्जन हुनुहुन्छ। त्यही पनि जलनको केयर गर्न ठूलो टिम चाहिन्छ। कतिपय ठाउँमा जलनको लागि बेड छुट्याए पनि चाहे जस्तो उपचार हुन सकेको छैन।’

जलेको २४ घण्टाभित्र बिरामीलाई शरीरमा एकदमै पानीको खाँचो पर्ने चिकित्सकहरू बताउँछन्। ‘काठमाडौं बाहिरबाट आउने बिरामीले कम्तीमा स्लाइन पानी लगाएर आउने या जीवनजल पानी खाँदै आउनुपर्छ। तर एम्बुलेन्समा आउँदा ड्राइभर मात्रै हुन्छन्, डाक्टर नर्स हुँदैनन्। त्यस कारण स्लाइन नलिई काठमाडौं आइपुग्दा बचाउन सक्ने खालको बिरामीको पनि ज्यान गुमाउनुपर्ने स्थिति छ। अस्पतालकै तथ्याङ्क हेर्दा १०० जना बिरामीमध्ये २० जनालाई घर पठाउनै सकिँदैन,’ नकर्मीले भने।

डा नकर्मी जलनमा प्राथमिक उपचार एकदमै जरुरी भएको बताउँछन्। ‘धेरैलाई थाहा छैन, जलनको प्राथमिक उपचार घरमै पनि गर्न सकिन्छ। जलेको ठाउँमा आधा घण्टा निरन्तर पानी हाल्नाले जलेको ठाउँलाई गहिरो हुन दिँदैन,’ उनी थप्छन्, ‘घाउ गहिरो भयो भने मरेको छाला फालेर अर्को ठाउँको छाला निकालेर राख्नुपर्छ। जसले गर्दा अर्को ठाउँमा घाउ हुन्छ र खर्च पनि बढ्छ।’

बिरामीमा १५ प्रतिशतभन्दा बढी जलन फैलियो भने पुनर्जलीय उपचार गरिहाल्नुपर्ने चिकित्सकहरू बताउँछन्। डा नकर्मी भन्छन्, ‘वयस्क मानिसमा १५ देखि २० प्रतिशत बढी जल्ने बित्तिकै गम्भीर जलन मानिन्छ। त्यसले जलेको ठाउँमा मात्रै नभई अन्य अङ्गहरू फोक्सो, मिर्गौला, मुटुमा पनि असर गर्छ,’ उनी थप्छन्, ‘त्यो भन्दा कम भएमा सामान्य जलन भनिन्छ। त्यस्तो अवस्थामा टाढाबाट हतार गरेर आउनु पर्दैन। बच्चा र वृद्धहरुको लागि १० प्रतिशतभन्दा बढीलाई गम्भीर जलन मानिन्छ।’

नेपालमा ४० प्रतिशतभन्दा बढी जलन भएको अवस्थामा भने बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए। तर कीर्तिपुर अस्पताल २०१७ मा ५५ प्रतिशत जलेको मानिसलाई समेत बचाउन सफल भएको थियो। नेपालमा एसिडको जलन पनि  समस्याको रूपमा रहेको छ।

जलनपश्चात् के गर्ने, के नगर्ने?
डा नकर्मीका अनुसार सामान्य जलनमा पहिले सबै गहना र लुगा खोल्नुपर्ने हुन्छ। त्यसपछि पोलेको भागलाई आधा घण्टा बगिरहेको पानीले चिस्याउनुपर्छ र घाउमा एन्टिसेप्टिक मल्हमा लगाउन सकिन्छ। घाउमा जे पायो त्यही लगाउनाले हानि गर्न सक्ने उनी बताउँछन्।

‘हाम्रो समाजमा दन्त मन्जन, काटेको आलु, गोलभेँडा, काँक्रो, बेसार, नुन, नौनी, बरफ आदि लगाउने चलन छ, जुन राम्रो हैन। सामान्य जलनका घाउहरू प्रायः हप्ता–दस दिनमा ठिक हुन्छन्। ठिक नभई धेरै पानी आउने, गनाउने, बढी दुख्ने, ज्वरो आउने भएमा तुरुन्तै अस्पताल जानुपर्छ,’ उनले भने।

जलनका बिरामी अस्पताल आइपुग्ने बित्तिकै द्रुत सर्वेक्षण गरेर घाइतेको ज्यानमा तत्काल खतरा भए–नभएको यकिन गरिने नकर्मीले बताए। खतराको अवस्था नभए बिरामीको पुनर्जलीय उपचार सुरु गरिन्छ। जलनका घाइतेको जिउ भित्र र बाहिर पनि धेरै पानी र लवणको नास हुने हुँदा गरिने परिपूर्तिलाई नै पुनर्जलीय उपचार भनिन्छ। 

घाइतेको वजन र डढेको घाउको आधारमा पहिलो २४ घण्टा भित्र दिइने स्लाइन वा जीवनजल पानी नै पुनर्जलीय उपचार हो। नकर्मी भन्छन्, ‘त्यसपछि जलनको गम्भीरता अनुसार आइसियु वा वार्डमा राखेर उपचार गरिन्छ। घाउ गहिरो भए डढेलो छाला निकालेर छाला प्रत्यारोपण गर्नुपर्छ।’

कसरी कम गर्ने जलनका घटना?
मानिस सामान्य सचेत हुने हो भने पनि जलनका घटनाबाट बच्न सकिन्छ। डा श्रेष्ठ जलनका घटना कम गर्न के कारणले जलन हुन्छ, त्यसैमा ध्यान दिन जरुरी भएको बताउँछन्। ‘सकेसम्म बच्चा र बुढाबूढीलाई आगोको नजिक एक्लै नछोड्ने, भान्सामा खाना पकाएपछि ग्यास राम्रोसँग बन्द गर्ने, पछाडि फर्किएर आगो नताप्ने गर्नुपर्छ,’ उनी थप्छन्, ‘पकाउने ठाउँ अग्लो राख्नुपर्छ, जसले गर्दा बच्चाहरू तातोको पहुँचमा पुग्न सक्दैनन्। खाना पकाइसकेपछि तुरुन्त आगो निभाउने, बच्चालाई बोकेर नपकाउने, पकाउने क्रममा कपाल खुला नछाड्ने, बढी प्रज्वलनशील कपडाहरू नलगाउने गर्नुपर्छ।’

डा नकर्मी जलनको विषयमा अझै धेरै सचेतना फैलाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सकेसम्म जलनको घटना हुन दिनु हुँदैन। त्यसका लागि सचेतनाका कार्यक्रमहरू हुनुपर्छ। जलनको लागि धेरै ठाउँमा अस्पताल बनाउनुपर्छ जुन तत्काल सम्भव नहोला। अस्पताल मात्रै बनाएर हुँदैन, जनशक्ति नै पनि छैन। दुर्घटनावश हुने जलनका घटना पछि मृत्युदर कम गर्नलाई अहिलेको लागि काठमाडौँमा मात्रै भए पनि जलनको लागि एउटा राम्रो अस्पताल बनाउनुपर्छ। त्यसमा जनशक्ति, स्रोत–साधन, सबै उपलब्ध हुनुपर्छ।’

उनी थप्छन्, ‘बाहिरबाट आउने बिरामीलाई सहज बनाउन एअर एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ। त्यो महँगो पर्छ। त्यो गर्न सकिँदैन भने नजिक–नजिक जहाँ बस्ती छन्, त्यहाँ २/४ घण्टाको दूरीमा जलन पुनर्जलीय उपचार केन्द्र स्थापना गर्न सकिन्छ। जलेका बिरामीलाई जलनका अस्पताल पुर्‍याउनुभन्दा अघि त्यस्ता केन्द्रहरूमा राखेर प्राथमिक उपचार गर्न सकियो भने मृत्युदर निकै कम हुन्छ।’

कम्तीमा राजमार्गहरूमा मात्रै भए पनि दुई–दुई घण्टाको दूरीमा जलन पुनर्जलीय उपचार केन्द्र सुरु गर्नुपर्ने उनले बताए।

छाला बैंक
कीर्तिपुर अस्पतालमा २०१३ बाट मात्रै जलनको उपचार सुरु भएको हो। त्यसपछि सन् २०१४ बाट छाला बैंक सुरु भएको हो। ३० प्रतिशतभन्दा बढी गहिरो जलन भएका बिरामीलाई आफ्नै छालाले पुग्दैन। त्यस्तो अवस्थामा अरूले दान दिएको छाला दिएर बचाउने छाला बैंकको उद्देश्य भएको डा नकर्मी बताउँछन्।

छाला दान दुई प्रकारको हुन्छ। मृत्युपश्चात् छाला दान र आफन्तको छाला दान।

छाला बैङ्कमा राख्ने मरेका मानिसहरूको छाला हो। ‘मान्छे मरेपछि तिनका परिवारले हामीलाई बोलाउनु हुन्छ। कसै–कसैले जिउँदै हुँदा फर्म भर्नु भएको हुन्छ र मृत्युपछि परिवारले बोलाउनुहुन्छ,’ नकर्मीले भने।

मृत्यु भएको ६ घण्टा भित्र छाला निकालिसक्नुपर्छ। यदि लास फ्रिजमा छ भने १२ घण्टासम्ममा निकाल्न मिल्छ।

जिउँदै मान्छेले अर्थात् आफन्तले दिने छाला सामान्य अवस्थामा प्रयोग हुँदैन। एकदमै जटिल अवस्थामा, कुनै पनि विकल्प नभएको अवस्थामा आफन्तको छाला प्रयोग हुन्छ। नेपालको कानुनमा अरूको छाला लिँदा अंग बेचबिखनमा पर्छ। त्यसैले छाला दिने मान्छे आफन्त हुनु जरुरी छ।

डा नकर्मीका अनुसार छाला दिने मान्छेको पनि सबै खाले जाँच जरुरी हुन्छ। अप्रेसन नै गर्नु जरुरी हुन्छ। ‘छाला दिएको मानिस समेत कम्तीमा पाँच दिन अस्पताल भर्ना हुनु पर्छ। उहाँको घाउ निको हुन दुई हप्ता लाग्छ, तर दाग भने जीवनभर रहिरहन्छ। अप्रेसन नै गर्नुपर्ने भएर खतरा पनि हुन्छ,’ उनले भने। छाला दिन रगत दान दिए जस्तो सजिलो नभएको नकर्मी बताउँछन्। 

धेरै मानिसलाई छाला निकालेपछि मासु, हड्डी सबै देखिन्छ होला भन्ने लाग्छ तर त्यस्तो हुँदैन। 'हामी कागजभन्दा पनि पातलो छाला निकाल्छौँ। छालको माथिल्लो तह मात्रै निकाल्ने हो। मृत्युपश्चात् निकालिने हुनाले रगत पनि आउँदैन। जलाएर या गाडेर खेर जाने छाला निकालेर छाला बैंकमा भण्डारण गरेपछि कम्तीमा २ जना बिरामीको ज्यान बचाउन सकिन्छ,' उनले भने।

कीर्तिपुर अस्पतालमा भएको छाला भण्डारण गर्ने प्रविधिले कम्तीमा पाँच वर्षसम्म छालालाई उस्तै राख्छ। छाला खेर जाने सम्भावना हुँदैन। २०१४ देखि अहिलेसम्म जम्मा ३० जनाले मात्रै मृत्युपश्चात् छाला दान गरेका छन्।

यतिका वर्षमा जम्मा तीस जनाको मात्रै छाला दान? भन्ने प्रश्नमा नकर्मी भन्छन्, ‘हामीले धेरै ठाउँमा गएर जनचेतनाका कुराहरू गरिरहेका छौँ। तर पनि फर्म भर्नेहरू हजारौँमा हुनुहुन्छ दान नै दिने कम हुनुहुन्छ। हाम्रो समाजमा मृत्युपछि स्वर्ग जान सग्लै शरीर जानुपर्छ भन्ने भ्रमले पनि छाला दान दिनेहरूको संख्या निकै कम भएको हुनसक्छ।’

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घर गोठहरू, सडक, झोलुंगे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्‍याएको हो । शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु... शनिबार, जेठ ९, २०८३
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन : लुम्बिनी र सुदूरपश्चिमका यी जिल्लाहरूमा सावधानी अपनाउन आग्रह विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार शुक्रबार साँझ जरी बुलेटिनमा आगामी तीन दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्