काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा २०० रुपैयाँ बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो। बुधबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।