• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रंगशाला 

64x64
रासस बिहीबार, पुस २१, २०७९  १०:१०
1140x725

झापा– नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्। फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रंगशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो।

पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन। दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठ भइसकेका थिए। 

बेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रंगशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ। अठार वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रङगशालाको जीर्णोद्धार थालेको छ। 

झापाको साविक सदरमुकाम चन्द्रगढीको मेची रंगशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रुपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्णरुपमा रंगशालाको चमक ब्युँताउने अभियानमा जोडिएको छ।

‘कुनै बेला यो रंगशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानको रुपमा चिनिएको थियो’, भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भने, ‘हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रंगशालाको मुहार फेर्ने काम गरिरहेका छौं।’

अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि रंगशालाको मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रङरोगन गरिरहेका भेटिन थालेका छन्। समितिको महासचिव रहनुभएको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठसमेत रंगशाला मर्मतसम्भार अभियानमा खटिने गरेका छन्। 

श्रेष्ठले आफ्नो कार्यकालमै रंगशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको बताए। रंगशालाको मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्यारापिट रङ्ग्याउने काम अन्तिम चरणमा रहेको महासचिव श्रेष्ठले जानकारी दिए। 

अठार वर्षअघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता अरु कुनै फुटबलको गोल्डकप मेची रंगशालामा आयोजना भएका छैनन्। यही कारण लामो अन्तरालमा हुन लागेको प्रतियोगितालाई सफल बनाउन रंगशालालाई सिँगार्नु परेको खेलप्रेमी तथा भद्रपुर वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा बताउँछन्। 

Ncell 2
Ncell 2

‘कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो’, वडाध्यक्ष सुब्बा भन्छन्, ‘भद्रपुरको गौरव फर्काउने हो भने मुख्य पहिचानको रुपमा रहेको रंगशालालाई आकर्षक र चलायमान बनाउनुपर्छ भन्नेमा भद्रपुरवासीको साझा मत छ।’ 

भद्रपुरको रंगशाला सुस्ताएपछि विर्तामोड, कनकाई, काँकडभिट्टा र दमकतिर फुटबलको प्रतियोगिता हुन थालेका थिए। खेल क्षेत्रमा पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी यसपालि सर्वाधिक पुरस्कार राशि राखेर अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताए। 

भद्रपुर डेढ दशकअघिसम्म फुटबलको केन्द्रजस्तै थियो। राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै हुन्। उनी मेची रंगशालामै खेल अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बने। तर, यहाँ चार दशक अघि सुरु भएको त्रिभुवन गोल्डकप २०६१ सालयता एकपटक पनि आयोजना हुन सकेन।

भद्रपुरले इतिहास ब्युँताउँदै फुटबल प्रतियोगिता आयोजनाको तयारी थालेपछि झापा विर्तामोडमा बर्सेनि हुँदै आएको झापा गोल्डकपले आफ्नो यसवर्षको कार्यक्रम स्थगित गरेर भद्रपुरलाई सघाउने घोषणा गरेको छ। भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन अब। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल अहिले नागरिकस्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणको रुपमा लिन्छन्। 

‘मेची रंगशालाको जीर्णोद्धारबाट सुरु भएको भद्रपुरवासीको उत्साहलाई ऊर्जा मानेर हामी यस क्षेत्रको समृद्धि अभियानमा सबैलाई जोड्न तत्पर छौं’, नगरप्रमुख पोखरेल भन्छन्, ‘भद्रपुरमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने जुन निरासा वर्षौंदेखि थुप्रिएको थियो, अहिले त्यसको अन्त्य भएर रंगशालाको काँचुली फेर्ने कार्यबाट जनजनमा उत्साह जागृत भएको छ।’

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्