काठमाडौं– संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता डा रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन्।
संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
संसद् सचिवालयका सचिव ध्रुव घिमिरेले यसअघि राजीनामा दिएका थिए। घिमिरेको राजीनामापछि रिक्त रहेको सचिवको पदमा पाण्डेलाई बढुवा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।