बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीबीचको छलफल, उक्त छलफलपछि राष्ट्र बैंक चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न तयार भएको हो। काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र वैकका गभर्नर महाप्रसाद अधिकारीबीच बुधबार बिहान भएको बैठकपछि राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको हो।
नेपाल राष्ट्र बैंकले वित्तीय अनुसान र स्थायित्व कायम गर्ने भनेर उक्त मार्गदर्शन ल्याइएको भन्दै यसअघि संशोधन नहुने अडान राख्दै आएको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त मार्गदर्शन संशोधनका लागि निकै प्रयास गरेका थिए। तर उनी सफल भएनन्।
एमालेको सर्मथनमा नयाँ सरकार बने लगत्तै गभर्नर अधिकारी मार्गदर्शन संशोधन गर्न सकारात्मक भएका थिए।
बुधबार अर्थमन्त्री पौडेल र प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गर्भनर अधिकारीले मार्गदर्शन संशोधन गरेका हुन्।
जसअनुसार केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारको आधारमा मात्रै चालु पुँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको हो।
चालु पुँजी मार्गदर्शनले दिएको सीमाभन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमा भित्र ल्याउन २ वर्षको समय दिनेगरी मार्गदर्शन संशोधन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।