काठमाडौं– टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्प गरिएको छ।
यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।
त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी , मेची, वीरगञ्ज, ढल्केबार, हेटौंडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेका छन्।
तीन दिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको जाँच एवं मर्मत सम्भार गरिएको छ। जहाँ एक हजार ५३३ व्यक्तिहरुको सहभागिता थियो।
यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गरे। म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिएको थियो।
यसका अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो।
‘हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरुको बजार विस्तार द्रुत गतिमा भइरहेको छ। यसै सन्दर्भमा यस्ता गाडीका ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरेका हौं’, सिप्रदी ट्रेडिङका कस्टुमर केयर प्रमुख कुमारी भण्डारीले भनिन्।
क्याम्पमा अपेक्षाभन्दा पनि बढी ग्राहकहरुको सहभागिता रहेको उनको भनाइ छ। ‘यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा/सुविधा प्रदान गर्ने प्रेरणा मिलेको छ’, उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।