काठमाडौं– चीनमा सम्पन्न भएको ईसीआई अवार्डस्–२०२२ मा आउटरिचले दुईवटा कास्यपदक जितेको छ।
आउटरिचले ‘प्रोडक्ट एण्ड मोडेल इनोभेसन एण्ड मार्केटिङ इनोभेसन’ गषरी दुई विधामा कास्य पुरस्कार जित्न सफल भएको हो।
ग्लोबल ईसीआई अवार्डस् २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बरमा गरिएको थियो। अवार्ड अन्तर्गतका तीनवटा विधाहरु ‘प्रोडक्ट एण्ड मोडेल इनोभेसन, मेटाभर्स एप्लिकेशन इनोभेसन र मार्किटिङ इनोभेसन’तर्फ स्वर्ण रजत र कास्य अवार्ड विजेता देशहरुमा हङकङ, स्विटरजरल्याण्ड/इटाली, क्यानडा, नेपाल, यूएसए, यूके/साउदी अरेबिया, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटी र अस्ट्रेलिया लगायतका देश रहेका छन्।
समारोहमा ईसीआई अवार्डसका अध्यक्ष लिजुङजिया वीनले चीनमा चलिरहेको महामारीका कारण यसपटक सबै सहभागीलाई भौतिक रुपमा उपस्थित गराउन नसकिएको र भर्चुअल माध्यमबाट घोषणा गरिएको बताए।
ईसीआई अवार्डस् इन्टरनेशनल इन्टरपेनरर्स, क्रियटिभ्स एण्ड इनोभेटर्स एशोसियसनद्वारा स्थापना गरिएको हो। यो अवार्ड नव प्रवर्द्धनको प्रभावकारितालाई मानक मानर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।