काठमाडौं– काठमाडौंमा जारी नेपाल टी–२० लिगमा म्याच फिक्सिङ (खेल मिलेमतो)को विषयले अहिले नेपाली क्रिकेट क्षेत्र नै शंकाको घेरामा पुगको छ।
यस प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनका लागि आग्रह गरेका छन् भने नेपाल प्रहरीको सीआईबीले छानबिन सुरु गरिसकेको छ।
यसैबीच, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि स्पट म्याच फिक्सिङ प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने धारणा राखेका छन्।
‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो। यो अनवरत यात्रा र उतारचडाबकै बीच नेपाल टी–२० मा म्याच फिक्सिङजस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेलाडीहरूको बर्षौंदेखिको लगाब, खेलप्रेमीहरूको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाइै यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।