काठमाडौं– काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा नेपाल–चीन चित्रकला, क्यालिग्राफी र फोटोग्राफी प्रदर्शनी सुरु भएको छ।
त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट आयोजक, साउथ एसिया नेटवर्क टिभी सहआयोजक रहेको प्रदर्शनीमा क्यालिग्राफी, थाङ्का र फोटोग्राफी प्रदर्शनी गरिएको छ। जसमार्फत् नेपाल र चीनको रंगीन संस्कृतिहरू प्रदर्शन गरिएको छ।
सांस्कृतिक आदानप्रदान तथा एक आपसमा सद्भाव निर्माण, मित्रता, सहयोग प्रवर्द्धन र इतिहास निर्माण गर्ने महत्त्वपूर्ण माध्यम भएको आयोजकले दाबी गरेका छन्।
नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले विशेष रूपमा ‘चीन–नेपाल दश वर्षेचित्रकला, क्यालिग्राफी र फोटोग्राफी कला उपलब्धि प्रदर्शनी’ आयोजना गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।