काठमाडौं– पाँचथरको कुम्मायक गाउँपालिका– १ यासोक घर भएका एक युवा १६ दिनदेखि फ्रान्समा बेपत्ता भएका छन्।
फ्रान्सको लुबुर्जेमा बसोबास गरिरहेका रवीन श्रेष्ठ किरण नाम गरेका युवा गत पुस ३ गते (डिसेम्बर १८) रातिदेखि बेपत्ता भएका हुन्। २८ वर्षीय किरण झण्डै साढे ४ वर्षअघि 'वर्किङ भिसा'मा फ्रान्स गएका थिए।
किरण कोठामा सँगै बसिरहेका साथी र परिवारको सम्पर्कबाहिर रहेको परिवारलाई उदृत गर्दै स्थानीय कमल निरौलाले नेपाल लाइभलाई जानकारी दिए।
गत डिसेम्बर १८ मा अर्जेन्टिना र फ्रान्सबीच विश्वकप फुटबलको फाइनल हेर्न गएका युवा किरण त्यसपछि सम्पर्कविहीन भएको परिवारलाई उदृत गर्दै अर्का स्थानीय हरिप्रसाद आचार्यले बताए।
फाइनलको राति फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप जितेको थियो। त्यसलाई लिएर फ्रान्समा आगजनी र तोडफोड भएको थियो।
यसैबीच, एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापाले किरणको खोजीकार्यमा सहयोग गरिदिन सम्पूर्ण फ्रान्सबासी नेपाली आग्रह गरेकी छिन्।
साथै, किरणको खोजीकार्यका लागि स्थानीय प्रहरीमा निवेदन दिएको उनले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।