• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मान्छेले सबै चिजको बिउ राख्न जान्यो तर आफ्नै बिउ राख्न भुल्यो : डा नवराज केसी

64x64
डिबी खड्का शनिबार, पुस २३, २०७९  २०:०९
1140x725

डा नवराज केसीको नयाँ किताब ‘शून्यको मूल्य’ सार्वजनिक भएको छ। जसलाई सास, साहस र स्नेहको कथा भनिएको छ। सिर्जनात्मक गैरआख्यानमा अनुभव, आध्यात्म र विज्ञानलाई अन्तरघुलन गरिएको छ। उपचारका क्रममा भेटिएका पात्रहरूबाट स्वास्थ्य प्रणालीमा रहेको खोट औंल्याइएको छ।  नीति निर्मातालाई समग्र स्वास्थ्‍य प्रणालीकै समीक्षाका लागि घचघच्याउन खोजिएको छ। बाल चिकित्सक डा केसीले भेटेका बिरामीको स्वास्थ्यको मात्रै होइन, सामाजिक र मनोवैज्ञानिक हिस्ट्री लिएर देशको दूरदराजलाई नियाल्ने प्रयत्न गरिएको किताबलाई लिएर नेपाल लाइभका डिबी खड्काले गरेको संवाद् : 

किताब पढिसकेपछि त शून्यको मूल्य के हो लगभग क्लियर हुन्छ, किताब पढ्नुअघि शून्यको मूल्य के हो त? शून्यको मूल्य के हो भन्ने बुझ्नको लागि वा शून्यको मूल्य ग्रहण गर्नका लागि कति समय लाग्यो? किन शून्यको मूल्य भयो यो किताब?
यो पुस्तक लेख्न मैले पाँचदेखि सात वर्षको समय खर्च गरेको हो। यो कुरा लेख्नुपर्छ भनेर केही विचारहरू, केही आइडियाहरू खोज्न चाहिँ १०-१५ वर्षदेखि नै लागिरहेको थिएँ। मान्छे हिँड्न जान्ने भएर हिँड्ने होइन, हिँड्न सुरु गर्छ, अनि बल्ल मान्छेले हिँड्न जान्दछ। हिँड्दै गर्दा झन् धेरै सिक्दै जान्छ। त्यस्तै, पाँच-सात वर्षमा लेखन पनि सिकियो। यो विषयमा अझै धेरै कुराहरू जान्ने मौका मिल्यो। धेरै अध्ययन पनि गरियो। र, अन्तिममा यसको नाम चाहिँ 'शून्यको मूल्य' नै हुनुपर्छ भनेर राखियो।

हालसम्म कुनैपनि अंकको पछाडि मात्रै शून्यको मूल्‍य वा महत्त्व भएको बुझिँदै आइएको थियो। तपाईंलाई अंक आउनुभन्दा अगाडिको शून्यको मूल्य खोज्ने कुरामा के कुराले उत्प्रेरित गर्‍यो?
मान्छेहरूका लागि सबैभन्दा ठूलो कुरो मानव विकास नै हो। मानव विकासको धेरै विचारहरू, थ्यौरीहरू विकास भएको छ। तीमध्ये कोही अर्थशास्त्री रहे, कोही चिन्तकहरू पनि रहे। कोही राजनीतिज्ञ रहे भने कोही फ्रिडम फाइटरहरू पनि रहे। तर, एउटा पाटो जहिल्यै पनि छुटेको छ। त्यो भनेको मानव विकासलाई चिकित्सकीय हिसाबले कसरी व्याख्या गर्न सकिन्छ त? यसको पनि त थ्यौरी हुन सक्छ । आज भन्दा १२ हजार वर्ष अगाडि हामी पृथ्वीमा हुन्थ्यौं भने रात पर्दा जहाँ पुग्यो, त्यहीँ सुत्ने गर्थ्यौं। जुन फल भेट्यो, त्यही खाने गर्थ्यौं। जे शिकार पायो त्यही गरिन्थ्यो। त्यति बेलासम्म बस्ति बसिसकेको थिएनन्।

अचानक केही मान्छेहरूले गहुँ, धान इत्यादिको बिउ राख्न थाले। जति पनि जीवित वस्तु छन् पृथ्वीमा, हरेक चिजको बिउ राख्ने  र त्यसको ब्रिड गराउन सिकेको छ मान्छेले। त्यति मात्रै होइन्, त्यो बिउलाई माटोमा हाल्ने, मल हाल्ने, पानी हाल्ने र झन् झन् विकसित गराउँदै फाइदा लिने काम गरिएको छ। तर, मान्छेले एउटा मात्रै चिजको बिउ राख्न सधैंभरी भुल्यो, त्यो मान्छेको आफ्नै बिउ थियो। मान्छेको बिउ भनेको आमाको गर्भभित्र रहेको अण्डाशय हो। मान्छेको माटो भनेको आमाको पाठेघर हो। त्यसलाई सिंचित गर्ने, त्यसलाई मल हाल्ने भनेको चाहिँ, त्यो गर्भ बोकिरहेको मान्छेलाई मानसिक, शारीरिक, आध्यात्मिक रुपले मलजल गर्ने कुरा हो। यदि त्यस्तो गरिन्थ्यो भने यति बेला पृथ्वीका यी करोडौं मान्छेहरू शारीरिक, मानसिक रुपले बलिया, एकदमै सृजनशिल हुन्थे। त्यसको वैज्ञानिक कारणहरू, त्यस्तो कसरी हुन्थे भनेर त्यसको हर्मोनल, जेनेटिक कुराहरू पनि यो पुस्तकमा लेख्ने प्रयास गरिएको छ।

उपचारका सिलसिलामा भेटिएका पात्रहरू अँध्यारोबाट आफ्नै बलबुताले उज्यालो बाटोतिर लम्किदै गरेको अवस्थालाई चित्रित गरिएको छ। कर्णालीलाई फरक दृष्टिले हेर्ने प्रयत्न पनि हो?
म कर्णालीमा जन्मिएँ, हुर्किएँ। मेरो पूरै जीवन नै कर्णालीमा बितेको छ। कर्णालीमा विद्यार्थी भएर बिताएको जीवन, एउटा छोरा भएर बिताएको जीवन र त्यहाँ कर्म गर्न गरेर बिताएको जीवनमा आकाश पातालको फरक हुँदो रहेछ। मैले कर्णालीका सबै जिल्लामा एकपटक, कुनै-कुनैमा आठ दशपटक पनि नि:शुल्क शिविरहरू लगेर पुगेको छु।

पुगेको ठाउँमा बिरामीहरू आउँदा सुरुसुरुका दिनहरूमा मेरो कर्म भनेको बिरामीहरूको रोग बुझ्ने, औषधि लेख्ने र घर पठाउने मात्रै हुन्थ्यो। कालान्तरमा म परिवर्तन भएँ र मैले उनीहरूको सामाजिक रोग के हो भन्ने जान्न कोशिस गरें। किन झाडापखाला लागेको मान्छे हुम्लाबाट आफ्ना सबै भेडा बेचेर हेलिकोप्टर बुक गरेर सुर्खेत आउँछ त? यो रोग चाहिँ कुन रोग हो त? भनेर पहिचान गर्ने प्रयास गरिसकेपछि यी कुराहरू लेखुपर्छ, कहीँ-कतै लेखिनु पर्छ र धेरै मान्छेले पढ्नुपर्छ भन्ने आशयका साथ यो लेखेको हो।

तपाईंले लेख्नुभएको छ-  डाक्टरी औषधिको पोको दिएर मात्रै सकिदैन, भावनाको पोको पनि साटासाट गर्न सक्नु पर्ने रहेछ!  मेडिकल शिक्षाको कक्षाहरूमा यो ज्ञान छुटेको महसुस भएको हो? 
हाम्रो पेशामा (मेडिकलमा मात्रै होइन हरेक पेशामा),  सुरुमा मान्छेले जुन पेशामा लाग्ने हो, त्यही मात्रै सिक्छ। पत्रकारले पत्रकारिता मात्रै सिक्छ। तर, पछि जब ऊ अलिकति छिप्पिदै जान्छ। उसलाई त्यसपछि समाजले चिमोट्छ। त्यसपछि उसलाई मेरो पढाइ मेरो पेशाको मात्रै रहेनछ, समाजको पनि रहेछ र समाजको डिग्री लिन जुनी लाग्दो रहेछ भन्ने कुराको महसुस हुँदो रहेछ। हरेक व्यक्तिलाई ढिलोचाँडो त्यो महसुस हुन्छ। त्यस्ता आफ्ना अनुभवलाई शब्दको भकारीहरू बुनेर राख्दियौं भने आउने पुस्ताले त्यसलाई निकालेर त्यसको स्वाद मन्थन गर्न सक्छन्।

बुधेकी फूपुआमा, भुनभुनेकी आमा, भेडिनी कान्छी र पुतली आमा ‘जीवनारिधी’ गरेका समाजका प्रोफेसरहरू हुन् भन्नुभएको छ। यी पात्रहरूसँग कति लामो संगत गर्नुभयो? कसरी यी प्रेरणाका स्रोत हुन आइपुगे?
मैले सुरुमा केही कथाहरू लेखेर केही साथीभाइहरूलाई सेयर गरेको थिएँ। साथीहरूले यो त सारै छोटो भयो भन्ने खाले प्रतिक्रिया दिए। त्यसपछि अस्पतालमा भएका अन्य चिकित्सक, नर्सहरूसँग (जसले उनीहरूको संगत गरेका छन्) पनि कुरा गरें। ती पात्रहरूबारे बुझें।

Ncell 2
Ncell 2
nimb
nimb

यो किताबमा जुन 'डाक्टर' भन्ने पात्र छ, त्यो नितान्त म एक्लो होइन। चिकित्सामा भएका हामी सबै हौं। जसले ती पात्रसँग संगत र संवाद गर्‍यौं। मेरा छोटा कथा पढेपछि केही साथीहरूले मलाई किताबहरू पठाउनभयो। साथीहरुले नै मलाई उक्त किताबहरू पढ्न सुझाउनु भयो। त्यी किताबहरू सबै क्रियटिभ ननफिक्सन (सिर्जनात्मक गैरआख्यान) थिए। त्यसमा एउटा पात्रलाई भेटिसकेपछि संवाद त भयो, त्यो संवादले मेरो मनमा कस्तो भूकम्प ल्यायो त? त्यसलाई पनि लेखें भने त्यो राम्रो हुन्छ भनेपछि त्यसलाई हामीले सिर्जनात्मक गैरआख्यानको नाम दियौं। धेरै डाक्टर, नर्सहरूले देखेको समाजलाई एउटा पात्रमार्फत व्यक्त गर्ने प्रयास गरेको छु।

एउटाको नाम हिम्मतबहादुर छ। जो सन्तानको उपचारका लागि आफू सम्पूर्ण रुपमा सकिन तयार भएर आएको छ। हिम्मतबहादुर दूरदराजको नियति हो। त्यो एउटा पात्र थियो वा विविध पात्रहरूको एकल रुप?
एउटा हिम्मतबहादुरलाई भेटेपछि मैले प्रत्येक दिन १०/१५ जना हिम्मतबहादुरलाई भेट्न थालें भनेर मैले किताबमा पनि लेखेको छु। मलाई लाग्छ, हिम्मतबहादुर कर्णालीमा मात्रै छैनन्। देशका हरेक ठाउँमा छन्। सर्वश्व बेचेर पूरै वर्षभरिको तयारी गरेर अस्पताल आउने मान्छेहरू पनि छन्। हामीले स्वास्थ्यलाई व्यवस्थापन गर्न नसकेको कारणले यो सबै भएको हो। किनभने उनीहरूको स्वास्थ्य चौकी बलियो हुन्थ्यो भने उनीहरू यहाँसम्म आउनु पर्दैन थियो।

हामीले स्वास्थ्य क्षेत्रको व्यवस्थापन मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस् भन्ने हेतुले गर्नुपर्थ्यो।  ६०/७० प्रतिशत रोगहरू हामी स्वास्थ्य चौकीबाट गाउँमै उपचार गर्न सक्छौं। कर्णाली प्रदेशमा लगभग ३१६ वटा स्वास्थ्य चौकीहरू छन्। त्यसरी छरिएर रहेका स्वास्थ्य चौकीहरूमा प्राथमिक उपचार मात्रै पनि राम्रोसँग निवारण भयो भने रोग छिपिन्न भनेर नै त्यो संरचना बनेको थियो।

मान्छे प्रेसरबाट दिमागको रगत फुटेर उपचारका लागि काठमाडौं आउन नपरोस् भनेर बनाइएको हो। तर, व्यवस्थापनमा हामी चुकेका छौं। त्यसकारण ती सानासाना तर महत्त्वपूर्ण छरिएका संस्थाहरूले काम नगर्दा हिम्मतबहादुर जस्ता मान्छेहरूको दुर्दशा हुन्छ। त्यही पनि उनीहरू आध्यात्मिक रुपले यति बलिया छन् कि उनीहरूले आफ्नो काम पूरा गरेर जान्छन्। र, देश विदेशबाट ठूला-ठूला प्रोफेसरहरूबाट शिक्षित भएर आएका डाक्टरहरूलाई समेत मलाई केही आउने रहेनछ, मेरा प्रोफेसर त यी पो रहेछन् भन्ने शिक्षा दिएर जान्छन्।

Xtrem

Xtrem

संसारका बलिया मान्छे ओखतिले  बलिया भएका होइनन्, उनीहरूलाई यति दु:ख पर्छ कि आफैं बलियो हुनुको विकल्प हुँदैन।  समग्र कर्णालीका मान्छेहरूलाई यसरी प्रतिविम्बित गर्न खोज्नुभएको हो?
हामी सबै त्यस्तै हौं। जहाँ-जहाँ डरले हाम्रो मुटु काँप्छ, त्यहीं-त्यहीं हामी बलियो भइरहेका हुन्छौं। मुटु काँप्दै गर्ने बेलाका जुन साना-साना क्षण हुन्छन्, त्यसलाई जोड्दै-जोड्दै गएर हामी सग्लो र बलियो भएका हुन्छौं। जतिबेला हामीलाई डर लाग्छ, त्रास हुन्छ। जतिबेला हाम्रो खुट्टा हल्लिन्छन्, जतिबेला हामी कट्टुमा मुत्ने गर्छौं, त्यो क्षणको लागि हामीले आफैंले आफैंलाई धन्य सम्झनु पर्छ।

अहिले नेपालको स्वास्थ्य अवस्था र तपाईंले त्यहाँ उदाहरण दिनुभएको छ- कक्षा १० सम्म मात्रै पढाइदिँदा पनि एक हजारमा ४० जना बालबालिकाहरू अकालमा मर्दैनन् !  राज्यले यति पनि महसुस गर्न किन सकेको छैन? 
यो एउटा अध्ययनपश्चात आएको तथ्यांक हो। यो तथ्यांक पढेर म बसिरहेको कुर्सिबाट जुरुक्क उठेको थिएँ। मेरो हात काँपिरहेको थियो। त्यसमा दुईटा रिसर्च छ। एउटा कहिल्यै स्कुल नगएका आमाका कति बच्चाबच्ची मर्दा रहेछन् भन्दा एक हजारमा ५८ जना मर्दा रहेछन्। एसएलसी मात्रै पास गरेका एक हजार महिलाहरू छन् भने तीमध्ये १८ जना मात्रै मर्दा रहेछन्।

महिलाहरूमाथि गरिएको लगानी महिलाहरूमाथि मात्रै होइन, त्यो पुरुषका लागि पनि हो। समाजका लागि पनि हो। बच्चाबच्ची पुरुष र समाजका होइनन् र? त्यसैले महिलाहरूमाथि गरिएको लगानीले जुन आउटकम दिन्छ, त्यसले सबभन्दा लाभान्वित त पुरुष हुन्छन्। त्यसैले हामीले दिगो विकासको लक्ष्यमा लैंगिक भेदभाव अन्त्य गर्नुपर्छ भनेर बडो हल्का तरिकाले लेखिएको जस्तो लाग्छ मलाई। शून्यको मूल्यमा यो अलिक हल्का भयो है, यो भन्दा अलिक अगाडी जाउँ न, एक भन्दा अगाडी जाउँ न।

'शून्यमा जाउँ न, शून्य भनेको आमाहरूको स्वास्थ्यमा गरिने लगानी हो। त्यहाँ ठूलो लगानी गर्नुपर्छ भनेर भनिएको छ। अर्को उदाहरण दिँदा, नेपालमा सबैभन्दा ठूलो समस्या भनेको भ्रष्ट्राचार हो। यसको अन्त्य गर्नका लागि कति धेरै प्लानहरू बनाइएको छ। भ्रष्ट्राचार निवारणको आयोगहरू बन्यो, कति धेरै मानिसहरूले प्रयास गरे। तर, हामीले यसको अन्त्य गर्न साकिरहेको छैनौँ। यसको चिकित्सकीय कारण के हुन सक्छ भने त्यही कुर्सी हो, एउटा सचिव बस्दा टन्न भ्रष्ट्राचार गरेर जान्छ भने अर्कोले राम्रो काम पनि गरेर जान्छ। यी दुईमा फरक के छ? यी दुइटै नेपाली हुन्, यही माटोमा जन्मिएका हुन्। फरक के छ त यिनीहरूको? फरक दिमागमा छ। एउटा मान्छेमा तीनवटा बानी हुँदा रहेछन् भने उसले भ्रष्ट्राचार नगर्ने रहेछ। तीमध्येको एउटा बानी हो, फिलिङ अफ गिल्ट, यो भनेको हामीले सानोतिनो गल्ती गरिहाल्यौं भने हात काँप्छ, नराम्रो लाग्छ। त्यो बानी भएको मान्छेले जुनै कुर्सीमा बस्दा पनि कुनै गल्ति गर्न सक्दैन। भ्रष्ट्राचार गर्ने अवसर आउँदा पनि उसले गर्दैन। जोसँग यो गिल्ट फिलिङ छैन, आफूले गल्ति गर्दा नराम्रो महसुस गर्ने बानी छैन भने उसले चाहिँ भ्रष्ट्राचार गर्दो रहेछ। बानीमा हुँदो रहेछ।

यस्तो बानी मान्छेमा ५/६ वर्षको उमेरअघि नै विकास भइसकेको हुन्छ। आमाको गर्भभित्र, काखमा, हजुरआमाको खेलाइमा, फुपुको सिकाईमा मान्छेले यस्तो बानी सिक्दो रहेछ। त्यसैले हामीले त्यहाँ लगानी गरियो भने परिणाम राम्रो आउने रहेछ। यिनीहरूको बीचमा कस्तो अदृश्य तर जोडिएको सम्बन्ध छ। त्यसैले हामीले त्यहाँ लगानी गर्नु जरुरी छ। 

तपाईं जहाँबाट सेवा दिइरहनु भएको छ, त्यहाँ डाक्टरहरू जानै मान्दैनन् भन्ने लामो समयदेखि सुनिरहेका छौँ। त्यो तपाईं जन्मे-हुर्केको ठाउँ पनि हो। तर, सुविधा खोज्ने मानवीय स्वभावको बाबजुद तपाईंलाई त्यहीँ फर्किन के कुराले उत्प्रेरित गर्‍यो?
म पनि जन्मिने समयममा एक किलोकै थिएँ रे। एक किलो भनेको एक हातमा अट्ने बच्चा हो। आजभन्दा ४० वर्ष अगाडि त्यस्तो बच्चा बाँच्न लगभग असम्भव जस्तै हो। त्यहीपनि आमाबाबाले दु:ख गर्नु भयो, म बाँचे। म सानो हुँदादेखि नै बुवाले भन्नु हुन्थ्यो, ‘तेरो जीवन नै तेरो लागि बोनस हो। त्यसकारण तैंले अरुलाई बचाउनु पर्छ, आफ्नो लागि भन्दा पनि अरुको लागि गर्नुपर्छ।’

सानैमा भनेको कुराले बहुत असर गर्छ। एउटा कुनै बच्चालाई स्कुलबाट आउने बित्तिकै ‘बाबु आज कति जनालाई सहयोग गर्‍यौं?’ भनेर सोध्ने हो भने त्यो बच्चा जीवनभर सहयोगी हुन्छ। कर्णाली जाने बेला कर्णालीको सबैभन्दा सुगम ठाउँ सुर्खेतमा चारजना डाक्टरहरू हुनुहुन्थ्यो। बच्चाको डाक्टर कोही थिएन। त्यसपछि क्रमबद्ध रुपमा युवा चिकित्सकहरू फर्किनुभयो। कतिले मलाई कस्तो छ काम गर्न भनेर सोध्नु हुन्थ्यो। म एकदमै राम्रो छ भनेर उत्तर दिन्थे। त्यसपछि हुम्लातिर पनि डाक्टरहरू बस्न थाल्नुभयो। अहिले कर्णालीमा धेरै ठाउँमा विशेषज्ञहरू पनि पुगेका छन्।

भर्खरै दैलेखमा एकजना स्त्रीरोग विशेषज्ञ गएर जिल्ला अस्पताल हाँकीरहनुभएको छ। कर्णालीमा गरौं भन्ने डाक्टरहरूको समूह पुगेको छ। यसले पुराना डाक्टरहरूलाई पनि परिवर्तन गरेको छ। यसले एउटा माहोल पनि बनाइरहेको छ। मलाई लाग्छ, कर्णाली कसैले नदिएर भएको होइन, कर्णाली आफैं दिइ-दिइ रित्तिएको ठाउँ हो। कहिलेकाहिँ लाग्छ, कर्णाली नहुँदो हो त हामी नेपालीहरू के भाषा बोल्दा हौँ? नेपाललाई नेपाली बोल्न सिकाउने नै कर्णाली हो। 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्