काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ९०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख २ हजार १०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार भने सुनको मूल्यमा कुनै घटबढ भएको थिएन। सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने कुनै घटबढ नभइ चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।