काठमाडौं– सनराइज बैंकले जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ। उद्योग वाणिज्य भवन जुम्लामा १४ पुसमा आयोजित कार्यक्रममा १२० जना विद्यार्थी र स्थानीयबासीको सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकका कार्ड तथा ई-बैंकिङ प्रमुख मनोज धिमिरे, ब्राण्ड व्यवस्थापन तथा सीएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडकप्रसाद देवकोटाको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्युतीय भुक्तानी कारोबारलाई थप प्रबर्द्धन र प्रोत्साहन गर्न डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको बैंकले जनाएको छ। डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ, मिस्ड कल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी लगायतका बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहान गर्नेबारे जानकारी गराइएको बैंकको भनाइ छ।
बैंकका अनुसार वित्तीय साक्षरताको अभावमा ग्राहकहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पुगोस् भनेर देशव्यापी साक्षरता कार्यक्रम गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।