• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘द रोड होम’ सम्झाउने नवीन चौहानको ‘चन्द्रमा’

64x64
समर्पण श्री मंगलबार, पुस १९, २०७९  ०८:५८
1140x725

काठमाडौं– आर्टमाण्डुको गीतमा कथा भन्ने शैली दर्शकले रुचाइसकेका छन्।

दर्जन म्युजिकल फिल्म बनाइसकेका निर्देशक नवीन चौहान केही न केही नयाँ स्वाद बोकेर आइहाल्छन्। कहिले उद्यमशीलताको कथा भन्न ‘तीनपाते’ कोसेली ल्याउँछन् त सीमानाको कथा भन्न ‘बाफ’। ‘घुमीघुमी’बाट बसाइँसराईको मर्म पस्कन्छन् त कहिले सम्बन्ध जोड्ने ‘धागो’को खाजी गर्छन्।

अब म्युजिकल फिल्मको यात्रालाई केहीबेर बिसाउने सुर छ उनको। फिचर्ड फिल्मको तरखर गर्नुअघि उनले गहिरिएर सोचे, ‘एक दर्जन म्युजिकल फिल्म बनाइयो। यसपालि आफैंतिर क्यामेरा तेर्साऊँ न त।’

उनले आफैंतर्फ क्यामेरा मात्र तेर्साएनन्, आफूलाई फिल्म यात्रामा उत्प्रेरित गर्ने चिनियाँ निर्देशक झाङ यी माओलाई  ‘ट्रिब्यूट’ पनि दिए। 

धेरै वर्षअघि नवीनले झाङ यीको फिल्म ‘द रोड होम’ हेरेका थिए। सन् २०००मा रिलिज भएको यो फिल्म हिमाली गाउँमा पढाउन गएका शिक्षक र गाउँले युवतीको प्रेम कथामा आधारित छ। 

‘त्यो फिल्म हेर्नुअघि म फिल्म बनाउनु कठिन काम ठान्थेँ। फिल्म हेरेपछि ममा पनि सक्छु भन्ने हुटहुटी पलाएको थियो,’ नवीन भन्छन।

झाङ यीको यो फिल्मले त्यतिबेलाको विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो। बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जुरी ग्राण्ड प्रिक्स र इक्युमेनिकल जुरीको पुरस्कार हात पारेको थियो। 

लाग्नसक्छ, झाङ यी माओलाई कसरी ‘ट्रिब्यूट’?  

Ncell 2
Ncell 2
nimb
nimb

यसका लागि हालै आर्टमाण्डुको युट्युव च्यानलमार्फत् रिलिज भएको म्युजिकल फिल्म ‘चन्द्रमा’को श्रब्य/दृश्य ग्रहण गर्नुपर्छ। ‘चन्द्रमा’को विचरण गरिरहँदा ‘द रोड होम’का रंगिन दृश्य हाम्रो आँखामा आउन सक्छन्। मलिकाको अभिनयले झाओ दी( झाओ जियी)को झझल्को दिन सक्छ।

‘द रोड होम’मा शिक्षकको प्रेममा परेकी झाओले लगाउने रातो पोसाक सम्झौं। अनि ‘चन्द्रमा’कि मलिकालाई। घामका पहेँला किरणले टल्किएका सुन्दर दृश्यले ‘द रोड होम’ आँखाबाट छुट्न दिँदैनन् निर्देशकले।

नवीनको म्युजिकल फिल्ममा चन्द्रमाका रङ यसरी पोखिएका छन्, मानौं कि चन्द्रमा आँखामा टल्किरहेछ।

‘मेरा हरेक प्रोजेक्टमा झाङ यी माओका प्रभाव देखिन्छन्। द रोड होमले मलाई यात्रामा सधैं डोहोर्‍याउन सिकायो। त्यही प्रयोग मैले चन्द्रमामा गरेँ,’ नवीन भन्छन्। 

‘द रोड होम’को दृश्य देखिनेजस्तो ठाउँ कहाँ छ त? खोज्दै जाँदा चित्लाङ भेटियो। नवीनले चित्लाङमा छायाङ्कन गर्दा सूर्योदय र सूर्यास्तको समय लिएका छन्। उनले कलर सापटी पनि सोही फिल्मबाट लिए। फिल्ममा झाओजस्तै देखिने पात्र उनले मलिकालाई पाए।

०००

गीतमा सँगीत, शब्द, पृष्ठभूमिको दृश्य र कलाकारको अभिनयको संयोजन सुन्दर छ। लोकबाजाको धनु त नवीनका हरेक गीतमा पाइन्छन्। दर्शकहरूलाई १० मिनेटसम्म म्युजिकल फिल्मले बाँधेर राख्छ। दृश्यसँगै बगेको सँगीत र शब्दहरू यसरी मिसिन्छन्–

आँखिझ्यालैमा
टलक्क टल्कियो चन्द्रमा तिम्रो गालैमा
फूलको तरेली
मुखले बोल्दा बातै लाग्ला झिम्काऊ परेली

निर्देशकले आफूतर्फ क्यामेरा फर्काएको कुरा कथाले बताउँदै जान्छ। गाउँमा सुटिङको टिम आएको छ। एउटी युवती बालबालिकासँग सधैँ सुटिङ हेर्न आउँछे। त्यहाँ उसलाई मनपर्ने कलाकारको सुटिङ हुन्छ। सुटिङस्थलमा स्थानीयको आकर्षण,आपसको प्रेम र टिमको गतिविधि कथामा छन्। नवीन भन्छन्, ‘यो गीत झाङ यीलाई मात्र हैन, गाउँलेहरूलाई पनि ट्रिब्यूट हो।’ 

सुटिमा निस्कँदा आफूहरूलाई स्थानीयले गरेको प्रेम उनी कहिल्यै भुल्दैनन्। ‘सुरुमा बास दिन नमानेको गाउँमा पछि यसरी कन्भिन्स्ड हुनुभयो कि सुटिङ सकेर फर्कँदा खसी काटेर भोज गराउनुभएको सम्झना छन्। रुवाबासी चलेका सम्झना छन्,’ नवीन भन्छन्।

स्थानीयले ल्याउने लोकल खाजा र कोसेलीका प्रसंग पनि उनले भिडियोमा समेटेका छन्। 

भिडियोमा मलिकाले पहिरिएको रातो पोसाकको कन्सेप्ट पनि नवीनले ‘द रोड होम’बाटै सापटी लिएका हुन्। 

गाउँले युवतीको एकतर्फी प्रेमलाई निर्देशकले मीठो ढङ्गले प्रस्तुत गरेका छन्। 

गीतमा सुस्मा सिग्देलका शब्दहरू भावसहित गुन्गुनाइरहुँ झैँ लाग्छन्।  एसडी योगी र रेश्मा पुनको युगल आवाज तथा सुशान्त गौतमको सँगीत निर्देशनले गीतमा प्राण भरिदिएका छन्। भिडियोमा मलिका, सविन कार्की विष्ट, सनया लिम्बु लगायत फिचर्ड छन्।

 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्