कैलाली– रोजगारीका लागि भारत गएका कैलालीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको छ। कोठामा सुतिरहेको अवस्थामा उनीहरुको निस्सासिएर मृत्यु भएको बताइएको छ।
भारतको उत्तर प्रदेशको मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका उनीहरुको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ डबलबहादुर दियाकोटीले बताए।
भारतको मेरठमा रोजगारी गर्दै आएका चुन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षीया छोरीको मृत्यु भएको वडाध्यक्ष दियाकोटीले बताए। बन्द कोठामा कोइला बालेर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।