काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। सोमबार पनि सुनको कारोबार अघिल्लो दिन आइतबारकै दररेटमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ।
अघिल्लो दिन (आइतबार) भने सुन तोलामा ३०० रुपैयाँ बढेको थियो। आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।