• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा २०२२ : बक्स अफिसमा साउथ फिल्म र कलाकारकै दवदवा

64x64
नेपाल लाइभ सोमबार, पुस १८, २०७९  ०९:०७
1140x725

काठमाडौं– बलिउड उद्योगमा वर्ष २०२२ कयौं सुपरस्टारका लागि राम्रो रहेन। फिल्म रिलिज हुनुभन्दा अघि विवाद र सञ्चार माध्यममा चर्चामा रहेका कयौं फिल्महरु बक्स अफिसमा जम्न सकेनन्।

बलिउडमा चर्चित नाम रहे पनि यी बलिउडकर्मीहरुले आफ्नो नाम अनुसारको कमाई यो वर्ष गर्न सकेनन्। उनीहरुले अभिनय गरेको फिल्म बक्स अफिसमा आइपुग्दा फ्लप सावित भए। 

आमिर खानको लालसिंह चड्ढा 
बलिउडका मिस्टर परफेक्शनिष्ट भनिने अभिनेता आमिर खानको फिल्म ‘लालसिंह चड्ढा’ चार वर्षको पर्खाइमा रिलिज भएको थियो। यो फिल्मलाई लिएर आमिरले ६ वर्ष मिहेनत पनि गरेका थिए। आमिर खानको फिल्मका लागि दर्शकहरु सधैं पर्खाइमा हुन्थे।

No description available.

फिल्म दंगलको सफलतापछि आमिरले सुरु गरेको प्रोजेक्ट थियो लालसिंह चड्ढा। यो अंग्रेजी फिल्म ‘फरेस्ट गप’को रिमेक थियो। यो फिल्मलाई लिएर आमिर र निर्माणपक्षले धेरै अपेक्षा राखेका थिए। तर फिल्म हलमा पुग्दा दर्शक उत्साही हुन सकेनन्। जसका कारण फिल्म नराम्ररी बजारिन पुग्यो। 

फिल्मले जम्मा ६० करोड भारतीय रुपैयाँभन्दा माथि कमाउन सकेन। यो आमिर खानको अरिअरकै सबैभन्दा न्यून कमाई हो। 

फ्लपमा सबैभन्दा माथि अक्षयकुमार
बलिउडका खिलाडी अक्षय कुमार यो वर्ष फ्लप कलाकारको सूचीमा पहिलो नम्बरमा छन्। यो वर्ष उनका चार फिल्म हलमा प्रदर्शन भएका थिए। तर चारै फिल्म बक्स अफिसमा नराम्रोसँग पिटिए। 

collage-2_1-sixteen_nine1672629058.jpg

Ncell 2
Ncell 2
nimb
nimb

बच्चन पाण्डेय, पुथ्वीराज, रक्षाबन्धन र रामसेतु जस्ता फिल्महरुले बक्स अफिसमा भाउ नै पाएनन्। उनको करिअरमै सबैभन्दा नराम्रो वर्षका रुपमा लिइन्छ। २६ दिनमै फिल्मको सुटिङ सक्याउने अक्षय कुमार अहिले क्रिटिक्सको नजरमा सबैभन्दा फ्लप हिरोका रुपमा चित्रित छन्। 

ऋतिकको जादू पनि चलेन 
तमिल फिल्म विक्रम वेधा दक्षिण भारतमा खुब चलेको थियो। तर उक्त फिल्मको हिन्दी रिमेकलाई बक्स अफिसमा दर्शकले स्वागत गरेनन्। कहानी एउटै भएका कारण पनि ऋतिकको जादू यसपाली चलेन। सैफ अली खान र ऋतिकको जोडी थियो। 

vikram veda1672629137.png
तर उनीहरुले दर्शकलाई हलसम्म तान्न सकेनन्। ऋतिकका लागि पनि यो वर्ष फिल्म करिअरमा राम्रो हुन सकेन। उनी आफ्नो निजी जीवनका कारण पनि धेरै चर्चा र विवादमा आइरहे। 

रणवीर सिंहको पनि उस्तै  
अभिनेता रणवीर सिंहका लागि पनि यो वर्ष खास रहेन। हरेक वर्ष कुनै न कुनै सुपर हिट फिल्न दिने रणवीरका लागि यो वर्ष फलदायी रहेन। 

Ranveer-Singh-Filmography-Movies-List1672629254.jpg

उनको फिल्म ८३लाई लिएर धेरै चर्चा गरिएको थियो र आशा पनि गरिएको थियो। तर उक्त फिल्म दर्शकलाई थिएटरसम्म लैजान असफल भयो। त्यस्तै उनको दोस्रो फिल्म जयेशभाई जोरदारले पनि उनलाई उकास्न सकेन। एकपछि अर्को फिल्म बक्स अफिसमा असफल भइरहेको छ। रणवीरको तेस्रो फिल्म सर्कस रिलिज भयो।

तर त्यसले पनि बक्स अफिसमा जमेर ब्यापार गर्न सकेन। उनले यो फिल्मबाट धेरै आशा गरेका थिए। चर्चा पनि भएको थियो तर थिएटरसम्म दर्शक आउन नसकेपछि रणवीर पनि यो वर्ष फ्लप स्टारकै सूचीमा बस्न बाध्य हुनु परेको छ। 

कंगनाको धाकडले पनि देखाएन जादू

322412507_1606338333140677_7603992923899806641_n1672629282.png

विवादित अभिव्यक्तिले पछिल्ला वर्षहरुमा चर्चामा आइरहने बलिउड अभिनेत्री कंगना रनौतको फिल्म धाकड निर्माणताका चर्चामा रहेको थियो। तर यो फिल्म जब सिनेमा घरमा सुरु भयो तब बक्स अफिस खाली रह्यो। 
यो फिल्मले जम्मा २ करोड मात्र कमाइ गर्न सक्यो।  कंगनाले कहिल्यै पनि फिल्म यति फ्लप हुने अनुमान नै गरेकी थिइनन्। 

जब टाइगर श्राफ पनि फिक्का भए 

बलिउड अभिनेता टाइगर श्राफ आफ्नो लुक्स, एक्सन र डान्सले चर्चित छन्। दर्शक उनको एक्सन हेर्न सिनेमा हलसम्म पुग्ने गर्दछन्। त्यस्तै उनको डान्सको पनि धेरै फ्यानहरु छन्।

tiger-shroff-hit-flop-movies1672629364.jpg

यीनै टाइगर र कृति सेननको पछिल्लो फिल्म हिरोपन्थी दर्शकले अत्यधिक रुचाएका थिए। तर, यसको सिक्वेल २०२२ मा हिरोपन्थी २ रिलिज भयो। तर दर्शकले पहिलोलाई झै माया गरेनन्। उनी पनि यो वर्ष फ्लप अभिनेताको सूचीमै परे। 

शाहिद, जोन र सिद्धार्थको खराब अवस्था 
फिल्म कबीर सिंहको लोकप्रियतापछि जब अभिनेता शाहिद कपुर आफ्नो फिल्म जर्सी लिएर आए, उनलाई बक्स अफिसले स्वागत गरेन। दर्शकले यसलाई नरुचाएपछि यो फ्लप फिल्म सावित भयो। 

1dbff4c9878c68f575108d833b9c925e--shahid-kapoor-ranbir-kapoor1672629432.jpg

त्यस्तै अभिनेता जोन अब्राहमको फिल्म अट्याक पार्ट १ र  एक भिलन दोबारा  लिएर यो वर्ष फिल्मी बजारमा राज गर्न आए। तर सफल हुन सकेनन्। दुबै फिल्ममा सिनेमा हलसम्म जाने चासो दर्शकले देखाएनन्। पछिल्लो केही वर्षयता जोन अब्राहमका फिल्महरु लगातार फ्लप भइरहेका छन्। 

त्यस्तै अभिनेता वरुण धवनको फिल्म भेडियाले पनि केही कमाल गर्न सकेन। नयाँ कन्सेप्टमा भए पनि कमजोर सिजिआई र हल्का अभिनयले भेडियाले कमाल देखाउन सकेन। उनको मुख्य भूमिका रहेको ‘जुग जुग जियो’ले उनलाई यो वर्ष ‘फ्लप’ अभिनेताको सूचीमा राख्यो। 

राजकुमार राव र सिद्धार्थ मल्होत्राले पनि यो वर्ष आफ्नो अभिनयले दर्शक तान्न सकेनन्। उनीहरुको फिल्म पनि बजारमा असफल नै रह्यो। 

रणवीर– आलियालाई ब्रह्मास्त्रले दियो आशा 
यो वर्ष रणवीर कपुर व्यक्तिगत रुपमा चर्चामा रहे। पारिवारिक रुपमा आलिया भट्ट र रणवीरका जोडी गाँसिएको वर्षको रुपमा रह्यो। तर फिल्म करिअरमा धेरै सफलता भने प्राप्त हुन सकेन।

bramhastra (3)1663462444.png

रणवीरको फिल्म शमशेरा सुपर फ्लप सावित भयो। तर, केही समयपछि रणवीर–आलियाको जोडी रहेको ब्रह्मास्त्रले भने उनलाई केही उकास्यो।

यो फिल्म ठूलो लगानीमा निर्माण गरिएको थियो। यसले निर्माण खर्च उठाउनुका साथै थप आम्दानीसमेत गर्न सक्यो। तर सोचअनुरुप कमाई भएन। 

जसले सफलता र प्रशंसा पाए 
यो वर्ष अभिनेता कार्तिक आर्यन र तब्बुको अभिनय रहेको भुलभुलैया–२ ले बक्स अफिसमा जोरदार कमाई गर्यो। उनीहरुको अभिनयको पनि प्रशंसा भयो। त्यस्तै अभिनेता अजय देवगनले यस वर्ष सफलता प्राप्त गरे। उनको तीन फिल्महरु सफल रहे। रनवे ३४, थ्यांक गड, र दृश्यम–२ सफल रहे।

साउथको दवदवा 
२०२२ मा बलिउड उद्योगमा अधिकतम दक्षिण भारतका अभिनेताहरुको दवदवा रह्यो। बलिउडका कलाकारहरुको कमाई खराब भइरहँदा कोही सफल भए त साउथका अभिनेताहरु। यो वर्ष जुनियर एनटीआर, राम चरणले आर–आर–आर मार्फत् बलिउडलाई छायाँमा पारे र कमाई पनि गरे।

Untitled design (7)1672629581.png

यस्तै अल्लु अर्जुन, यश र ऋषभ शेट्टी चम्के। यो वर्ष बलिउड उद्योगमा आर–आर–आर, केजीएफ २, पुष्पा, कान्ताराले सफलता पाए। उनीहरुले सफलतासँगै वक्स अफिसबाट करौडौं रकम दक्षिण भारत लैजान सफल भए। 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित सोमबार, असोज ५, २०८३
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट सोमबार, असोज ५, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्