• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद

उर्मिला थेवेको छलाङ: वडाध्यक्षबाट संसद् भवन

64x64
धनु विश्वकर्मा सोमबार, पुस १८, २०७९  १६:४४
1140x725

काठमाडौं– उर्मिला थेवेले नेकपा एमालेको राजनीति गरेको लामै समय भएको थियो। २०७४ को आम निर्वाचनमै उनलाई उम्मेदवार बन्ने इच्छा थियो। तर पार्टीले टिकट दिएन। भर्खरैको निर्वाचनमा पनि संघ वा प्रदेश जता पाए पनि प्रत्यक्ष निर्वाचन लड्ने चाहना थियो उनको।

उर्मिलाले आफ्नो इच्छा जिल्लामा राखिन्। पहुँच भएसम्म सबै नेतालाई प्रत्यक्ष लड्न मन भएको बताइन्। उनको कुरा कसैले सुनेन। त्यसपछि केन्द्रसम्म कुरा राखिन्। उनकै क्षेत्रमा प्रतिनिधि सभाका लागि योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोको दावी थियो।

योगेश पार्टीका केन्द्रीय सचिव र तिलकुमार पोलिटब्यूरो सदस्य हुन्। उर्मिला भने केन्द्रीय सदस्य मात्रै। त्यसैले योगेश र तिलकुमारमध्ये एक जनाले टिकट पाउने पक्का थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका योगेश युवामाझ लोकप्रिय पनि मानिन्छन्। २०७४ मा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसद पनि भएकाले योगेश पार्टीको पहिलो रोजाइका उम्मेदवार थिए।

तिलकुमार २०५६ मा निर्वाचित सांसद हुन्। २०६४ मा भने उनी पराजित भएका थिए। अन्तमा योगेशलाई प्रतिनिधि सभा र तिलकुमारलाई प्रदेश 'क'मा उम्मेदवार बनाइयो। उर्मिलालाई भने समानुपातिक सूचीमा परिन्। उनी भन्छिन्, ‘मलाई प्रत्यक्ष लड्न मन थियो तर, पार्टीले समानुपातिक उम्मेदवार बनायो।’ उनी  प्रतिनिधि सभाको समानुपातिकतर्फबाट आदिवासी जनजाति कलस्टरबाट सांसद बन्न सफल पनि भइन्।

०००
उर्मिलाको जन्म २०१७ सालमा भएको हो। उनको बाल्यकाल पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३, पौवासातामा सुखसयलमै बित्यो। बाजे पञ्चायत पक्षधर थिए।  पछि उनका बुबा नागेन्द्रराज सुब्बाले पनि पञ्चायतको राजनीति गरे। दाजुहरु भने विस्तारै नेपाली कांग्रेसमा झुकाव राख्न थाले।

राजनीतिक बिरासत बोकेको परिवार भएकाले उर्मिलालाई पढ्न गाह्रो भएन। त्यो बेला पूर्वी जिल्लाका विद्यार्थीहरु पढ्नका लागि सिक्किम र दार्जिलिङ जान्थे। दार्जिलिङ नजिक भएकोले सक्नेले आफ्ना छोराछोरी त्यहाँ पठाएर पढाउँथे। 

२००७ सालमा उनका बाजे-बोजुको नाममा बुबाले गाउँमै विद्यालय स्थापना गरेका थिए। उर्मिलाले सोही विद्यालयमा अध्ययन गरिन्।

सम्पन्न परिवार भएकोले पनि उनलाई पढ्न समस्या थिएन। उनका अनुसार दाजुहरु त्यो बेला दार्जिलिङमा नेपालका पूर्व राजाहरु वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पढेको विद्यालयमा पढेका थिए। वीरेन्द्र र ज्ञानेन्द्रसँगै उनका भाइले दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा आठ वर्ष अध्ययन गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रारम्भिक शिक्षामा गाउँमा लिएकी उर्मिलाले पछि फिदिममा आएर १० कक्षासम्म पढिन्। २०३२ सालमा एसएलसी दिइन्। तर पास हुन सकिनन्। विवाहपछि मात्र उनले एसएलसी पास गरेकी थिइन्।

२०३५ सालमा ताप्लेजुङका भुपेन्द्र थेवेसँग उर्मिलाको विवाह भयो। उमेर लगभग १८ वर्ष भएको थियो। चार दिन लगातार हिँडेर विवाह गरेको उनी अहिले पनि सम्झिन्छिन्।  

कांग्रेसी परिवारमा जन्मे/हुर्के पनि श्रीमानको घरमा भने सबै जना नेकपा एमाले निकट थिए। ‘कांग्रेसकै दानापानी खाएर पछि एमाले भएँ’, उनले हाँस्दै भनिन्, 'मैले परिवारलाई कांग्रेस बनाउन सकिनँ। बरु म नै एमाले भएँ।’

श्रीमान् भुपेन्द्र २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भए। एमालेका सचिव भट्टराई २०७४ सालदेखि जिल्लामा गएपछि भने उनले चान्स पाएका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उर्मिलाले सुरुवाती चरण्मा टोल कमिटीमा रहेर काम गरिन्। इलाका हुँदै जिल्लामा  रहेर पार्टीमा काम गरिन्। १२ वर्षसम्म जिल्ला कमिटीमा रहेर काम गरेकी उनी १०औँ महाधिवेशनपछि भने केन्द्रीय कमिटीमा छिन्। भुपेन्द्र भने ताप्लेजुङ जिल्ला कमिटी अध्यक्ष छन्। 

वडा अध्यक्ष हुँदै सांसद
२०७४ सालको स्थानीय तह निर्वाचनमा उर्मिला ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- १ को वडाध्यक्षमा निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका सुनिल थेवेलाई पराजित गरेकी थिइन्।

वडाध्यक्ष उर्मिलालाई गत स्थानीय चुनावमा सिरिजङ्गा गाउँपालिकाको अध्यक्ष हुन जिल्लाबाट प्रस्ताव आयो। उनले त्यो प्रस्ताव इन्कार गरिन्। 'पार्टीमा मैले राजनीति गरेको लामो समय भइसकेको थियो,' उनले भनिन्,‘मलाई प्रदेश वा संघमा जान मन थियो। त्यसैले गाउँपालिका अध्यक्षको प्रस्ताव मानिनँ।’

२०७४ मा वडाध्यक्ष भएकी उर्मिला अहिले नेकपा एमालेका तर्फबाट सांसद बनेकी छन्। उनी भन्छिन्, ‘बल्ल पार्टीले मलाई न्याय गर्‍यो।’

सांसद भइसकेपछि अब समग्र देशका समसामयिक विषयवस्तु उठाउने उनले बताएकी छन्। यसका साथै जिल्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा बोल्ने उनले बताइन्। 'एमालेले लिएको समृद्ध नेपालको नीतिलाई साकार रुप दिन लागिपर्नेछु। ताप्लेजुङका समस्या सदनमा बुलन्द पार्नेछु,’ उनले भनिन्।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १६:४४
  • #नयाँ सांसद
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्