काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार तोलामा ३०० रुपैयाँ बढेर आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि गत साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। शुक्रबार छापावल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो। शुक्रबार चाँदी प्रतितला १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।