काठमाडौं– नेपालको हार्ड ड्रिङक्स र बियरको मार्केट लिडर मध्ये एक, जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ।
आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम व्हिस्की ब्राण्ड ‘काला पथर’ ल्याएको छ।
काला पथर एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ।
वाल्र्ड अर्चर्ड फ्रूट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ। काला पथरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ। काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।