काठमाडौं– प्राइम बैंकले क्यान्सर परीक्षणका लागि आवश्यक उपकरणजडित मोबाइल भ्यान नेपाल क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई भ्यान हस्तान्तरण गरेका छन्।
गाउँ तथा सहरी क्षेत्रका महिलाहरू विशेष गरी स्तन, पाठेघरलगायतका क्यान्सरपीडित रहेका छन्। नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा सहरी क्षेत्रका टोल–टोलमा पुगेर महिलाहरूको स्तन, पाठेघर र ग्रिवा क्यान्सर परीक्षणमा योगदान पुर्याउँदै आएको छ।
सोही कारण बैंकले परीक्षण थलोमा नै परीक्षण गर्न परीक्षण सामग्रीयुक्त मोबाइल भ्यान उपलब्ध गराउने निर्णय गरेको बैंकका अध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘हाम्रो यो सानो सहयोगले क्यान्सर रोगको समयमै निदान गर्ने र आवश्यक उपचार गर्ने काममा सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।