काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सीआईबीको टोलीसँग बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला प्रकरणबारे जानकारी दिएका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा गएर उनले प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरूसहितको टोलीसँग घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे जानकारी लिएका हुन्।
गत पुस ११ मा गृहमन्त्रीका सपथ लिएपछि लामिछानेले पहिलो निर्णयमै निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने बताएका थिए।
१३ वर्षकी बालिका निर्मलाको ०७५ साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या भएको थियो। तर, अपराधी पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।