• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘कर्मकाण्ड’ गरेर डीएसपी ठगबहादुरलाई उन्मुक्ति?

64x64
नारायण अधिकारी शनिबार, पुस १६, २०७९  ०८:४७
1140x725

काठमाडौं– इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परे। बर्दीको आडमा ३५ तोला सुन ‘लुटेका’ डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए। 

रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी हेडक्वार्टरसम्म पुग्यो। प्रहरी हेडक्वार्टरले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। 

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनीबाट बरामद भयो। ‘सुन फिर्ताका लागि व्यवसायीसँग २५ लाख रुपैयाँ लिएपछि भने सुन फिर्ता दिने तयारीमा थिए। आधा घण्टामात्रै ढिलो हुँदा सुनसहित उनी पक्राउ परे,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो।

सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले बिहीबार मात्रै उनलाई निलम्बन गरेको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढाएको छ। बर्दीको आडमा व्यवसायीको सुन नै नियन्त्रणमा लिएर नदिने विषय फौजदारी कानुन आकर्षित हुनुपर्नेमा प्रहरी प्रधान कार्यालयले उनलाई चोख्याउने गरी प्रक्रिया अघि बढाएको छ। 

फौजदारी कसूर आकर्षित हुने अपराध गरेको प्रष्ट देखिनु र प्रमाण, दसी नै बरामद हुँदा समेत प्रहरीले भने विभागीय कारबाही मात्रै अघि बढाएको छ। हिरासतमा हुनुपर्ने डीएसपी केसी भने अहिले खुल्लमखुल्ला हिँडिरहेका छन्।

सुन र नगदसहित डीएसपी केसीलाई नियन्त्रणमा लिएको सीआईबी भने अबको प्रक्रिया बारेमा हेडक्वार्टर जानकार हुने बताउँछ। सीआईबीका प्रवक्ता कमल थापाले भने, ‘सूचना आएपछि हामीले एक्सन लिएको हो। कारबाहीको प्रक्रिया भने हेडक्वार्टरले गर्ने हो।’

यता, नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले पनि केसीमाथिको छानबिन हेडक्वार्टरमै रहेको उजुरी तथा छानबिन शाखाले गरिरहेको बताए। ‘अब उजुरी छानबिन शाखाले डीएसपी केसीलाई हेडक्वार्टर बोलाउँछ। सोधपुछ गर्छ। त्यसपछि कस्तो कारबाही आकर्षित हुने हो सोही अनुसार कारबाही हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चको फैसलालाई प्रहरी हेडक्वार्टरको चुनौती
२०६९ सालमा सशस्त्र प्रहरीका दुई कर्मचारी (हवल्दार तेजबहादुर शाही र जवान तारानाथ घिमिरे) को साथबाट लागुऔषध खैरो हेरोइन १३ ग्राम बरामद भएपछि सशस्त्र हेडक्वार्टरले विभागीय कारबाही गर्दै दुवै जनालाई बर्खास्त गरेको थियो। 

बर्खास्तीमा परेपछि दुवै जनाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। २०७८ फागुन १० गते कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश हरि प्रसाद फुयालको इजलासले दुवै जनाको रिट खारेज हुने फैसला सुनाउँदै सुरक्षा निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। 

जसमा बर्दीको आडमा गरिने फौजदारी कसूरमा संलग्न सुरक्षाकर्मीलाई विभागीय कारबाही गरेर मात्रै उन्मुक्ति नदिन सुरक्षा निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको थियो। 

‘चारवटै सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कर्मचारीहरु फौजदारी कसूरको मुद्दामा जोडिएको अवस्थामा विभागीय कारबाही गरेर मात्रै उनीहरुलाई उन्मुक्ति दिन मिल्दैन। त्यस्तो मुद्दामा उनीहरुलाई फौजदारी कसूर अन्तर्गतकै कानुनअनुसार कारबाही गर्नुपर्छ’ सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, सर्वोच्चले दिएको उक्त निर्देशनात्मक आदेशविपरीत अहिले डीएसपी केसीमाथि प्रहरी हेडक्वार्टरले विभागीय कारबाही मात्रै अघि बढाएको छ। 

उनीमाथि तीन–तीन वटा फौजदारी कसूर आकर्षित हुनसक्ने देखिन्छ। बर्दीको आडमा सुन लिएर फिर्ता नदिएकाले उनलाई लुटपाट अन्तर्गत, सुन फिर्ता लिनका लागि रकम लिएकाले भ्रष्टाचार अन्तर्गत र उक्त सुन राजश्व छली गरेर ल्याएको अवस्थामा राजश्व छलीको कसूर गरी तीन वटा फौजदारी कसूरमा अनुसन्धान गर्नुपर्ने देखिन्छ। 

तर, अहिलेसम्म केसीलाई भने विभागीय कारबाही मात्रै अघि बढाइएको छ। डीएसपी केसीलाई त फौजदारी कसूर अन्तर्गत अदालतबाट म्याद लिएर हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने होइन र? भन्ने नेपाल लाइभको प्रश्नमा प्रवक्ता राईले भने, ‘आन्तरिक छानबिनपछि जे देखिन्छ त्यही अनुसार कारबाही हुन्छ। सम्पत्ति शुद्धीकरण आकर्षित भए उतै पठाइन्छ। अख्तियारको क्षेत्र पर्ने भए अख्तियारमै पठाइन्छ।’

सम्बन्धित समाचार :
३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसी निलम्बित
बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ
बर्दीको आडमा फौजदारी कसूर: सर्वोच्चले सुरक्षा निकायलाई भन्यो– विभागीय कारबाही गरेर मात्रै पुग्दैन

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्