काठमाडौं– कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा परि एक नेपालीको मृत्यु भएको छ।
क्यासिनोमा आगालागी सुरु भएपछि भाग्नलाई १२औँ तलाबाट हामफाल्दा झापा बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको मृत्यु भएको छ।
कम्बोडियाको पोइपेटस्थित क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय पाण्डेसहित २४ जनाको मृत्यु भएको छ।
हामफाल्नु अघि पाण्डेले नेपालमा आफ्नो परिवारलाई भिडियो कलमार्फत संवाद गरेका थिए। परिवारसँगको उक्त भिडियो संवादले संसारलाई स्तब्ध बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
भाइबारमार्फत गरेको भिडियो संवादमा पाण्डेले छोरालाई सम्बोधन गर्दै आफू जहाँ भएपनि सधैं सम्झने उल्लेख गरेका थिए।
‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अल्वेज लभ्स यु। जहाँ पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु। आर्मन इज द बेस्ट है सानु’, छोरालाई सम्बोधन गर्दै पाण्डेले भनेका छन्।
४०० कर्मचारी कार्यरत रहेको उक्त क्यासिनोमा अधिकांश सीमावर्ती थाइल्याण्डका मानिसहरु रहेको बीबीसीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।