काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–७ खानीखोलामा रहेको मच्छिन्द्र माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।
विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्न दुई लाख २६ हजार आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।
एभरेष्ट बैंकका सीएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे। यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
कार्यक्रममा विद्यलायका उप–प्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्यातिmहरुको समेत उपस्थिति रहेको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।
बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक रहेका छन्। देशैभरि छरिएर रहेको आफ्नो १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।