काठमाडौं- विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीलाई निर्देशन दिएका छन्।
मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।
सरकारले विदेशबाट फर्कने नेपालीले एकथान मोबाइल ल्याउँदा पनि १८ प्रतिशत कर लिन लागेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीले त्यसको विरोध गर्दै आएका थिए।
उनीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै सामाजिक सञ्जालमा विरोध जनाइरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।