काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेको अव्यवस्थित र अनधिकृत संरचना हटाउन सहयोग गरिदिन गृह मन्त्रालयसँग अनुरोध गरेको छ। महानगरले बिहीबार एक पत्र लेख्दै उक्त अनुरोध गरेको हो।
‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित र अनधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भइ आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’, महानगरले लेखेको छ।
थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनधिकृत संरचना हटाइ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वय गरिदिन महानगरले गृह मन्त्रालयलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।