काठमाडौं– साप्ताहिक कारोबारको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने तोलामा १० रुपैयाँ बढेको चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।