काठमाडौं– दक्षिण एसियाका ज्योतिषीको साझा संगठन दक्षिण एसियाली ज्योतिष महासंघले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
महासंघले यही पुस २५ गते नेपालको राजधानी काठमाडौंमा केन्द्रीय समितिको बैठक आह्वान गरेको हो। नेपाल, भारत, बङ्गलादेशलगायतका देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाएको छ।
बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासंघका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिकाबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायतका कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए।
उनले आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमात्र नयाँ नेतृत्व चयन गर्ने तयारी भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।